प्रभातकुमार झा
सर्लाही, १६ पुस । सिमा क्षेत्रको दशगज्जामै तौल गर्ने काँटा राखेर भारतीय किसानले उत्पादन गरेको उखु चोर नाकाबाट नेपाल भित्रयाएर चिनी मिल्स संचालकहरु नेपाली किसान संग सौतेला व्यवहार गरिरहेको छन् ।
नेपाल सरकारले उखुको मुल्य निर्धारण नगर्दा नेपाली किसानको उखु खेतमै थन्किएको छ अर्को तिर मिल्स संचालकहरु विचौलियाको माध्यमबाट कम मूल्यमा भारतीय किसानहरुको उखु लिएर मिल्स संचालन गर्दा नेपाली किसानहरु संग सौतेला व्यहार गरिरहेका हुन् ।
इन्दुशंकर सुगर मिल्स हरिवन, एभरेष्ट चिनी मिल्स गौशाला र बैजुबाबरा सुगर एंड केमिकल्स मिल्स पोखरिया रौतहटले सर्लाहीको बलरा नगरपालिका, फेनहाराको विभिन्न सिमावर्ती क्षेत्रको दशगज्जा संगै जोडिएर संचालनमा ल्याएका २० वटा भन्दा बढि तौल गर्ने काँटाबाट भारतीय किसानहरुको उखु लिएर मिल्स संचालनमा ल्याइएका छन् । काँटा संचालन गर्नु अघि नापतौल विभागबाट जाँचपास गरी सिल लगाएर मात्रै संचालन गर्नुपर्ने कानुनी प्रावधान रहेपनि उक्त चिनी मिल्सहरु विचौलियाको मार्फत कम मूल्यमा उखु भित्रयाएर नेपाली उखु किसान संग सोतेला व्यवहार गरिरहेको स्थानीय बलराका किसान राजु सिंहले बताए ।



सर्लाहीको लक्ष्मिपुरमा राजेश ठाकुर, सुदामाका अम्बु चौधरी, सिरकटा नाकामा ओकिल अहमद, सन्तोष सिंह, लक्ष्मिनारायण सिंह नाम गरेको विचौलियाको माध्यमबाट ति उखु कारखानाहरु भारतीय किसानको उखु धमाधम नेपाल भित्रयाई चिनि मिल्स सम्म पुर्याउने गरेको स्थानीयहरुले बताए ।
भारत विहार सितामढीको रिगा स्थित चिनी मिल्स बन्द भएपछि त्यस भेगका उखु किसानहरुको कम मूल्यमा उखु लिएर बढी मुनाफा कमाउन गत बर्ष देखि पल्केका चिनी मिल्स संचालकहरु यसपालि पनि त्यही रणनिती अपनाएर कम मूल्यमा उखु भित्रयाई नेपाली किसानहरुको पेटमा लात हानिरहेको नेपाली किसानहरुले तराई टप संग गुनासो गरेका छन् ।
भारतीय किसानबाट प्रति क्यून्टल ४०० नेपाली रुपैयामा खरिद गर्ने गरेको उक्त उखु सिमा क्षेत्रमा ल्याउदा ट्रेक्टरको इन्जन छुटाएर नेपाली नम्वरको इन्जन प्रयोग गरेर नेपाल भित्र ल्याउने गरेको पाइएको छ । सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी एसएसबीको उस्थिति नभएपनि नेपाल तर्फको सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रति ट्रेक्टर ५०० र टायरगाडा संग १०० रुपैया लिएर निर्वाध रुपमा नेपाल तर्फ ल्याउने इजाजत दिदै आएको कारण चिनी मिल्स सम्म भारतीय उखु पुग्ने गरेको लक्ष्मिपुरका स्थानीय दिपेश सिहले तराई टप संग भने ।
नेपाल सरकारले उखुको मूल्य निर्धारण गर्न नसकेको अवस्थामा चिनी मिल्सहरु सिमा क्षेत्रमा काँटा स्थापना गरेर भारतीय किसानको उत्पादन भएको उखु कौडीको मूल्यमा खरिद गरेर उखु क्रशिंग गरिरहेको छ । नेपाल सरकारले दिदै आएका सबसिडीको रकम समेत चिनी मिल्स संचालकहरु कुम्ल्याइरहेको आरोप नेपाली किसानहरुले लगाएको छ ।
नेपाली किसानको उखु मूल्य निर्धारण नहुँदा उनीहरुको उत्पादन खेतमै ठडिएको भएपनि त्यसलाई मिल्स सम्म पुर्याउने कुनै वातावरण बनाउन नसक्ने चिनी मिल्स प्रबन्ध पक्षहरु अकुत नाफा कमाउने अभिप्रायले भारतीय किसानको उखु भित्रयाउनमा यति खेर व्यस्त रहेको छ त्यस कार्यलाई सुरक्षाकर्मीहरुले सघाईरहेको गम्भीर आरोप किसानहरुले लगाएका छन् ।
इन्दुशंकर चिनी मिल्स हरिवनका क्यान मैनेजर योगनारायण रजकले सिमा क्षेत्रमा हाम्रो कुनै नाप तौल गर्ने काटा नरहेको जवाफ दिए । तर उनी संग कुरा गर्नासाथ विभिन्न विचौलियाको फोन आउन थालेपछि ति चिनी मिल्स सहितका अन्य चिनी मिल्सले विचौलियाको मार्फत भारतीय उखु नेपाल भित्रयाइरहेको प्रष्ट भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले आफू यसै साता सर्लाहीको कार्यभार सम्हालेको कारण सिमा क्षेत्रको कुरा जानकारी हुन नसकेको भएपछि संचारक्षेत्रबाट सबैकुरा अवगत भएको छ । त्यस्ता गैरकानुनी कार्य माथि अंकुश लगाउन प्रहरीलाई परिचालन गरी नियन्त्रणको प्रयास गर्ने स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन