सुन चोरीमा अन्तर्राष्ट्रिय गिरोह बुटवल–कपिलवस्तुमा सुन चोरी गरेको दुई पाकिस्तानी महिला पक्राउ

0 Shares
रौतहट, २ वैशाख । सुन पसलबाट सुन चोर्ने कार्यक्रमा रुपनदेही र कपिलवस्तुमा दुई पाकिस्तानी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्य अनुसार, रुपनदेहीको बुटवल र कपिलवस्तुमा सुन चोरीमा संलग्न दुई महिला पाकिस्तानी नागरिकको खुलासा भएपछि सुन चोरी कार्यमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नताको संकेत गरेको हो ।
पक्राउ परेकी महिलाबाट पाकिस्तानी पासपोर्ट बरामद भएपछि पेशेवर चोरी गर्ने गिरोहको रहस्यलाई प्रहरीले उजागर गरेको छ ।
बुटवलको योगिकुटीस्थित भैरव सुनचाँदी पसलबाट डेढ तोलाको सुनको सिक्री चोरी गरी फरार भएका ती महिलाले मंगलबार साँझ पुनः कपिलवस्तुको चन्द्रौटामा रहेको सुरेन्द्र सुनचाँदी पसलमा पनि त्यही शैलीमा चोरी गरेका थिए ।
सुन किन्ने बहानामा पसल भित्र पसेर विभिन्न गहना हेर्दै मौका छोपेर चोरी गर्ने उनीहरूको शैली सीसीटीभी फुटेजमा कैद भए । चोरीपछि पहिचान लुकाउन उनीहरूले मास्कमाथि बुर्का प्रयोग गरेको देखिएको छ ।
पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल खोजी गर्दा केही पर ती महिलालाई फेला पारेर प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि नेपाल प्रहरीको वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका महिलाको नाम कलसुम र सहबाना रहेको उनीहरुको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद गरियो । उनीहरूले नगद देखाएर विश्वास जित्ने र गहना चोरी गर्ने तरिका अपनाउने गरेको खुलेको छ ।
बुटवल र कपिलवस्तुका विभिन्न स्थानमा भएका चोरी घटनामा संलग्न महिला एउटै समूहका रहेको सीसीटीभीबाट पुष्टि भएको छ । पासपोर्टमा इमिग्रेसनको छाप रहेकोले उनीहरू भ्रमणका लागि नेपाल आएको देखिएको प्रहरीले जनाए ।
हाल उनीहरूविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ भने उक्त गिरोहसँग अन्य सदस्य पनि संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।