श्रोत नखुलेको पाँच लाख भन्दा बढि रुपैया सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

0 Shares
रौतहट, ४ वैशाख । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रियता बढाएपछि श्रोत खुल्न नसकेको नेपाली रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।
रौतहटको राजदेवी नगरपालिका–८ सोफियामाई नजिकको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत विओपी बेलविछवाबाट खटिका टोलीले सीमा स्तम्भ नम्बर ३४३÷२ नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको शरिर खानतलासी गर्दा नगद रकम बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरले जनाएका हुन् ।
मोटरसाइकलमा सवार भारतको सितामढी जिल्लाका ४५ बर्षीय  नजिर नटको साथबाट ३ लाख २२ हजार नेपाली रुपैया र पछाडी सवार सर्लाही जिल्ला घर भएका ५५ वर्षीय मुम्ताज अंसारीको शरीरबाट २ लाख ४९० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका प्रमुख एवं डिएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
दुबै जनाको शरीरबाट बरामद भएको ५ लाख २२ हजार ४९० रुपैयाको कहाँबाट के प्रयोजनको लागि ल्याएको हो भन्ने बारे श्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको डिएसपी विष्टले बताए ।
सीमाक्षेत्रमा भईरहेको अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी अहिले सुक्ष्म निगरानी बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।