“मधेसविरोधी कर नीति तुरुन्त फिर्ता गर” काँग्रेस साँसद डा. फिरदोस आलमको सरकारलाई चेतावनी

0 Shares
रौतहट, ५ वैशाख । सरकारको कर नीतिलाई लिएर पछिल्लो केही दिन देखि नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकहरु देखिएका असहज परिस्थिति माथि राज्य गम्भीर बन्न नेपाली काँग्रेसका साँसद डा. फिरदोस आलमले बताए ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागु गरिएको कर नीतिबाट आम नागरिकहरुलाई भईरहेका पीडामर्काबाट उत्पन्न हुने परिस्थिति प्रति साँसद  आलमले कडा आपत्ति जनाउँदै सरकारलाई तत्काल निर्णय सच्याउन चेतावनी दिएका हुन् ।
नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको “रोटी–बेटी” सम्बन्ध माथि नै आघात पुग्ने गरी यस्तो नीति ल्याइएको आरोप उनले लगाए । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु नै सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले दैनिक उपभोग्य वस्तु खरिदका लागि नजिकैका भारतीय बजारमा जाने परम्परालाई अव्यवहारिक कर मार्फत रोक्न खोजिएको बताए ।
साँसद आलमका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधन सीमित क्षेत्रमा प्रयोग गर्ने प्रचलन नयाँ नभए पनि अहिले कर उठाउने नाममा मधेसी समुदायमाथि अनावश्यक दुःख, हैरानी र मानसिक दबाब सिर्जना गरिएको छ । “यो निर्णयले सीमावर्ती जनतालाई प्रताडित मात्र होइन, आतंकित बनाउने काम गरेको छ,” उनले भने ।
उनले सरकारलाई सिमारक्षक नेपाली जनताको भावना बुझ्न आग्रह गर्दै उक्त “मधेस विरोधी” निर्णय तत्काल फिर्ता लिन माग गरे । अन्यथा आफ्नो हक, अधिकार र परम्परागत सुविधाको संरक्षणका लागि सीमा क्षेत्रका जनता आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए ।
सरकारको कदमले दुई देशबीचको ऐतिहासिक सामाजिक सम्बन्धमा दरार ल्याउने खतरा बढेको भन्दै उनले समयमै निर्णय सच्याउनुपर्नेमा समाजिक संजाल मार्फत साँसद आलमले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।