१३ वर्षपछि वीरगञ्ज मेनरोड विस्तार हुदै, आज साँझदेखि डोजर चल्ने

0 Shares
वीरगञ्ज, ५ वैशाख । आर्थिक नगरीको नामबाट प्रख्यात रहेका वीरगञ्जको मुख्य सडक विस्तार कार्य शनिबार साँझदेखि औपचारिक रूपमा सुरु हुदैछ ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटरका दरले विस्तार गर्ने तयारी पूरा भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका नायब सुब्बा राजकुमार अर्यालका अनुसार, सडकको केन्द्र बिन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर भित्र पर्ने घर, टहरा तथा अन्य संरचनाहरू हटाउने कार्य आज साँझबाटै सुरु गरिनेछ । विस्तार कार्यका लागि ९ वटा डोजर, जेसीबी र एक्साभेटर वीरगञ्ज ल्याइसकिएको छ ।
यो अभियान गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया, भन्सार हुँदै मितेरी पुल सम्मका विभिन्न स्थानमा एकैसाथ सञ्चालन गरिनेछ । महानगरपालिका र सुरक्षा निकायको समन्वयमा पाँच स्थानबाट एकैपटक डोजर प्रयोग गरी काम अघि बढाइने तयारी छ ।
यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा सडक डिभिजन कार्यालय, नापी, टेलिकम, खानेपानी संस्थान, विद्युत प्राधिकरण लगायत सरोकारवाला निकाय बीच बैठक बसेर अन्तिम रणनीति तय गरिएको थियो ।
स्मरणीय छ कि सर्वोच्च अदालतले २०८१ फागुन २८ गते मेनरोड विस्तार सम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि लामो समय देखि अवरुद्ध रहेको यो योजना अघि बढ्ने बाटो खुलेको थियो ।
करिब १३ वर्षदेखि कानुनी अड्चनका कारण रोकिएको यो परियोजना २०६९ सालदेखि प्रस्तावित थियो । २०७६ सालमा करिब १,२०० घरधनीहरूले मुआब्जा, वैकल्पिक मार्ग र पुनर्संरचनाको माग गर्दै रिट दायर गरेका थिए । अब अदालतको अन्तिम निर्णयपछि विस्तार कार्य कार्यान्वयनमा प्रवेश गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा सहज हुने र वीरगञ्जको दीर्घकालीन पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।