शक्तिशाली सरकार, तर न्याय सम्पादन गर्ने आँट भएन, न्यायका लागि बर्षौ देखि यत्रतत्र भौतारिदै आएका एलआइसी नेपालबाट पीडित बनाइएका सत्येन्द्र पाण्डेको बेदना

0 Shares
रौतहट, ७ वैशाख । दुई तिहाइ नजिकको शक्तिशाली सरकार भए पनि न्याय र सुशासनको अनुभूति पाउन नसकेको भन्दै एलआईसी नेपाल लिमिटेडबाट पीडित बनेका व्यक्तिले गम्भीर गुनासो गरेका छन् ।
महोत्तरी जिल्ला घर भई हाल गौर आँखा अस्पतालमा कार्यरत सतेन्द्र पाण्डे विगत करिब १०१५ दिनदेखि न्यायको खोजीमा विभिन्न सरकारी निकायलाई चहार्दै एवं धाउँदै आएपनि अहिलेसम्म ठोस नतिजा नआएको उनले आक्रोश पोखेका हुन् ।
एलआइसी नेपाल लिमिटेड सँग सम्बन्धित विमा, लोन, हेराफेरी विवादका कारण आफू पीडित बनेको दाबी गर्दै पाण्डेले राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल प्रहरी, अन्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायतका विभिन्न निकायहरुमा स–प्रमाण सहित उजुरी दर्ता गरिसकेको भएपनि अवस्था फेरिएन उनले बताए ।
वीमा सम्बन्धी ऐनकानुन अनुसार, उजुरी परेको ६ महिना भित्र टुंग्याउनु पर्ने प्रावधान भए पनि सम्बन्धित निकायको उदाशिनताको कारण कुनै चासो नदेखाएको आरोप पाण्डेको छ । उनले एलआइसी नेपाल लिमिटेडका तत्कालीन गौरका शाखा प्रबन्धक विपिन कुमार साहले गरेको बदमाशीलाई एलआईसीका केन्द्रीय प्रशासन प्रमुख प्रकाशबहादुर उपाध्याय, सूचना अधिकारी सुदर्शन गिरी, सिओ प्रणय कुमार सहितका उच्च पदस्थ अधिकारीहरूको मिलेमतोमा मेरो सहित विमितको ब्याजसहित झन्डै करोडौ रुपैयाँ अनियमितता, ठगी लाई ढाक छोप गर्दै विमितहरु संग विश्वासघात पाण्डेले गम्भीर आरोप लगाए ।
सरकारी निकायबाट पत्राचार भए पनि मुद्दा प्रक्रिया “सेटिङकै भरमा थन्काइयो” भन्दै उनले गम्भीर प्रश्न उठाए । लामो समयसम्म न्याय नपाउँदा आफू मानसिक, आर्थिक र सामाजिक रूपमा पीडित भइसकेको उलने गुनासो गरे ।
यसप्रकारको घटनाले सरकारको कार्य सम्पादन र देशको सुशासन माथि नै गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । पीडित पाण्डेले भावुक अपिल जारी गर्दै “सुशासन कागजमा मात्रै सीमित नराखी व्यवहारमा लागु गरियोस” भनेर सम्बन्धित निकायहरु सँग खुला अनुरोध गरे । अहिले परिवर्तनको नाममा आएका सरकारबाट न्याय पाउने आशा जागेका थिए तर न्याय पाउने आशा र विश्वास विस्तारै हराउदै गएको पाण्डेले यसरी दुखेसो पोख ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।