“विकासको नाममा नागरिक उठिवास” सडक विभागको डोजर आतंकबाट वीरगञ्ज मुख्यसडक अन्धकारमय बन्यो, पानी–बिजुली, इन्टरनेट बिना जनजीवन अस्तव्यस्त

0 Shares
वीरगञ्ज, ७ वैशाख । वीरगञ्जको मुख्य सडक विस्तार गर्ने अभियानबाट व्यापारिक क्षेत्र र आम नागरिकलाई उठिवास बनाउदै प्रारम्भीक आश्वयक्ता बाट समेत वञ्चित गर्दा जनजीवन अस्तव्यस्त भएका छन् ।
सडक विस्तारका नाममा पूर्वतयारी बिना नै नागरिकले खुन पसिना एवं मेहनत गरेर बनाइएका भौतिक संरचनालाई भत्काएर विकासको नाममा नागरिकलाई उठिवास बनाउने कार्य प्रति वर्तमान सरकारको चौतफी आलोचना सुरु भएका हुन् ।
विद्युत्, इन्टरनेट, टेलिफोन र खानेपानी जस्ता मानवीय आधारभूत आवश्यक्ताहरुको कुनै वैकल्पिक व्यवस्था नगरी एकाएक गरिएको कारबाही वर्तमान सरकारको कार्यशैली प्रति स्थानीयवासी आक्रोशित बनेका छन् ।
सडक विस्तारका क्रममा विद्युत् लाइन र खानेपानीका पाइप काटिदा आपूर्ति प्रणाली पूर्ण रूपमा प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणको सेवा अवरुद्ध भई लगातार तीन दिनसम्म बिजुली नआउने अवस्था सिर्जना हुँदा बढ्दो गर्मीमा सर्वसाधारणको सास्ती चरम बिन्दुमा पुगेको छ । पंखा र कुलर नचल्दा बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
विद्युत् अभावकै कारण साँझपख व्यस्त बजार क्षेत्र अन्धकारमा डुब्न थालेको छ, जसले चोरी–डकैतीको त्रास बढाउँदै सर्वसाधारणमा असुरक्षाको बढ्दै गएको बताइएका हुन् ।
उता, खानेपानीको आपूर्ति ठप्प हुँदा समस्या झनै गम्भीर बनेको छ । बिजुली नहुँदा मोटर चलाउन नसकिएको र बोरिङबाट पानी निकाल्न समस्या भएपछि दैनिक सरसफाइ समेत प्रभावित भएको छ । स्थानीयहरु आक्रोशित हुँदै भन्छन्, “कुनै योजना नै नबनाई एवं समय निर्धारण नै नगरी सिधैं डोजर चलाइयो । अहिले न पिउने पानी छ, न हातमुख धुने अवस्था, यस्तो गर्मीमा बिजुली बिना कसरी बाँच्ने ? उनीहरु प्रश्न उठाए परिवर्तीत सरकार समक्ष ।”
दीर्घकालीन विकासका नाममा थालिएको सडक विस्तार परियोजनाको कार्यान्वयन शैली माथि गम्भीर प्रश्न उठेको छ । आवश्यक पूर्वतयारी, समन्वय र वैकल्पिक व्यवस्था विना नै गरिएको यस्तो कामले “विकास” भन्दा बढी जनतामाथि पीडा थोपरिएको भन्दै स्थानीयहरु निकै आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।