गौरमा अटो–इभी बाट यात्रु आसार्ने विषयलाई लिएर विवादः नगरपालिकाको नियमनविरुद्ध सडक अवरुद्ध गर्ने चेतावनी

0 Shares
रौतहट, ७ वैशाख । गौर नगरपालिकामा अटो तथा इभी (विद्युतीय सवारी) सञ्चालनलाई लिएर विवाद चर्किएको छ ।
जथाभावी रुपमा यात्रुहरुलाई ओसारपसार गरिरहेको भन्दै नगरपालिकाले नियमन एवं कडाइ गर्न थालेपछि अटो व्यवसायी र इभी चालकहरू विरोधमा उत्रिएको हो ।
सोमबार दिउँसो अटो व्यवसायी संघमा आवद्ध चालकहरू नगरप्रमुख शम्भु साहसमक्ष आफ्ना गुनासा राखेका थिए । तर, मागप्रति सुनुवाइ नभएको आरोप लगाउँदै व्यवसायीहरू आक्रोशित बनेका छन् । उनीहरूले समस्या समाधान नभए गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध गर्ने चेतावनी दिए ।
इभी चालक राहुल झाले आफूहरू नगरपालिकालाई कर तिरेरै सवारी सञ्चालन गर्दै आएको दाबी गर्दै भने, “हामीलाई आफ्नै कमाइको अधिकारबाट वञ्चित गर्न खोजिएको छ ।” त्यस्तै, अटो व्यवसायी संघका अध्यक्ष सुरेन्द्र साहले यात्रुहरू विभिन्न स्थानका हुने भएकाले सेवा विस्तार आवश्यक रहेको उल्लेख गर्दै बिरामी बोक्न समेत रोक लगाइनु अन्यायपूर्ण भएको बताए ।
उता, नगरप्रमुख शम्भु साहले भने अव्यवस्थित अटो सञ्चालनका कारण अन्य यातायात व्यवसायीहरू—विशेषगरी बस र म्याजिक—प्रभावित भएको बताए । उनका अनुसार तीन पक्षीय सहमति अनुसार गौरभित्र सञ्चालन हुने अटोहरू बाहेक अन्य रुटमा जाने सवारी बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने निर्णय भए पनि त्यसको उल्लंघन गरिरहदा नियमन गर्न नगरपालिकाबाट कदम चालिएको बताए ।
गौर–चन्द्रपुर सडक खण्डमा तीनपांग्रे अटो सञ्चालनमा रोक लगाइए पनि नियम उल्लंघन गर्दै ग्रामीण क्षेत्रका यात्रु ओसार्ने क्रम जारी रहेपछि बस व्यवसायीहरूको पेशा नै संकटमा परेको दाबी गरे ।
यसबाट स्थानीय तहको नियमन र साना व्यवसायीहरूको जीविकोपार्जन बीचको द्वन्द्व सतहमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।