“सुख्खा पोखरी, ५६ लाखको ठेक्का–वृन्दावन नगरपालिकाविरुद्ध ठेकेदारको गम्भीर आरोप”

0 Shares
रौतहट, ८ वैशाख । रौतहटको पूर्वी उत्तरी भेग स्थित वृन्दावन नगरपालिका विरुद्ध एक जना ठेकेदारले आफूलाई योजनाबद्ध रूपमा फसाउन खोजिएको गम्भीर आरोप लगाए ।
वडा नम्बर ८ बहुअरी स्थित श्री नमुना माध्यमिक विद्यालय बरगजवा परिसर भित्र रहेको करिब ४ बिघा ४ कठ्ठा क्षेत्रफलको पोखरी ठेक्कामा लिएका परीक्षण सहनी (राजकुमार सहनी) ले सम्झौता अनुसार काम गर्न नदिइएको गुनासो गरेको हो ।
पिडित सहनिका अनुसार उक्त पोखरी २०७८ जेठ ३ गते तत्कालीन जनप्रतिनिधिको कार्यकालमा डाक बढाबढ प्रक्रिया मार्फत पाँच वर्षका लागि ५६ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उनले पहिलो किस्ता बापत ११ लाख ३० हजार रुपैयाँ बुझाएर माछापालन सुरु गरेका थिए । तर २०७९ को स्थानीय तह निर्वाचनपछि नयाँ नेतृत्व आएसँगै पोखरी व्यवस्थापनमा चरम लापरवाही भएको उनको आरोप छ ।
पोखरीमा पानीको उचित व्यवस्था नगरिदा व्यवसाय नै धरापमा परेको छ । “पानी नै नभएको पोखरीमा कसरी माछा पाल्ने?” भन्दै उनले पटक–पटक नगरपालिकामा पोखरी छोड्न निवेदन दिए पनि दर्ता नगरेको गुनासो गरे ।
सहनिले थप आरोप लगाउँदै २०८० चैत २८ गते पानी घटेपछि माछा निकाल्ने क्रममा वडा अध्यक्षको अगुवाइमा बलपूर्वक माछा बिक्री गरिएको तर त्यसको रकम आफूहरूले नपाएको बताए ।
यति मात्रै नभई, नगरपालिकाले उल्टै ठेकेदारविरुद्ध अदालतमा मुद्दा दायर गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको उनले बताए ।
“पहिलो किस्ताको रकम समेत उठाउन सकेका छैनौं, उल्टै बाँकी ४५ लाख तिर्नुपर्ने भन्दै मुद्दा हालिएको छ,” अब हाम्रो उठिवास बनाउनमा स्थानीय सरकार लागि परेको दुखेसो पोखे ।
मंगलबार पोखरीकै डिलमा आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षले आफूहरूले बुझाएको रकम फिर्ता गराउन र न्याय दिलाउन माग गरे । कार्यक्रममा स्थानीयवासीहरूले समेत नगरपालिकाले ठेकेदारलाई अन्याय पूर्वक फसाउन खोजेको आरोप लगाए ।
यस विषयमा पूर्व वडा अध्यक्ष दिनानाथ महतोले पनि पानी अभावका कारण पोखरी सञ्चालन असम्भव जस्तै भएको स्वीकार गरे । उनका अनुसार पछिल्लो तीन वर्षदेखि पोखरी पूर्ण रूपमा सुक्खा रहेको छ । “यस्तो अवस्थामा ठेकेदारले कसरी व्यवसाय सञ्चालन गर्ने र राजस्व तिर्ने ?” उनले प्रश्न उठाए ।
उनले अदालत र सम्बन्धित निकायलाई स्थलगत अनुगमन गर्न आग्रह गर्दै वास्तविकता बाहिर आएपछि मात्र न्याय हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।