माधवनारायण नगरपालिकामा ध्वनि आतंकमाथि कडा प्रहारः राति ८ पछि डिजे–साउन्ड पूर्ण रुपमा प्रतिबन्ध

0 Shares
ओमप्रकाश यादव
रौतहट, १० वैशाख । रौतहटको माधवनारायण नगरपालिकामा चर्को आवाजमा डिजे, साउन्ड सिस्टम, माइक तथा स्पिकर बजाउने प्रवृत्ति विरुद्ध स्थानीय सरकारले कडा कदम चालेका छन् ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै ध्वनि प्रदूषणले सर्वसाधारणको शान्ति, स्वास्थ्य तथा विद्यार्थीको अध्ययनमा गम्भीर असर पारिरहेको भन्दै उक्त कार्य विरुद्ध कडा कदम चाल्नु परेका हुन् ।
नगर प्रमुख बैजनाथ प्रसाद यादवद्वारा जारी सूचना अनुसार अब बिहान ६ बजेअघि र राति ८ बजेपछि कुनै पनि प्रकारको साउन्ड सिस्टम प्रयोग गर्नमा पूर्ण रूपमा निषेध गरिएको छ ।
पछिल्लो समय धार्मिक तथा सांस्कृतिक कार्यक्रमको नाममा राति अबेरसम्म चर्को आवाजमा साउन्ड बजाउने क्रम बढेपछि सर्वसाधारणबाट व्यापक गुनासो आएपछि यस्तो निर्णय लिइएको जनाइएको छ ।
अबदेखि कुनै पनि कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । स्वीकृति लिएर मात्रै तोकिएको समयसीमा र मापदण्डको परिधी भित्र रही साउन्ड सिस्टम प्रयोग गर्न पाइनेछ ।
जारी भएका सूचनामा जानाजानी कसैको घरतर्फ माइक फर्काएर हल्ला गर्ने, राति अबेरसम्म ध्वनि प्रदूषण फैलाउने जस्ता गतिविधिलाई गम्भीर अपराधका रूपमा लिइने उल्लेख गरिएको छ । यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने नगर प्रमुख यादवले चेतावनी दिए ।
नगरपालिकाले शान्त, स्वस्थ र व्यवस्थित समाज निर्माणका लागि सबै नगरवासीलाई नियम पालना गर्न आग्रह गर्दै उल्लङ्घन गर्ने जो–कोहीलाई पनि छुट नदिइने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।