बौधीमाई नगरपालिका शिक्षक–शिक्षिकाहरूलाई व्यवहारिक तालिम, अनिवार्य आँखा परीक्षणको तयारी

0 Shares
रौतहट, १० वैशाख । रौतहट बौधीमाई नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा व्यवहारिक तालिम सम्पन्न गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्र ज्याति संघ गौर आँखा अस्पतालको आँखा स्वास्थ्य कार्यक्रमद्वारा मंगलबार वडा नम्वर ७ स्थित सभा हलमा आयोजित कार्यक्रममा जनचेतनामूलक तथा व्यवहारिक तालिम सम्पन्न गरिएको हो ।
कार्यक्रममा विभिन्न विद्यालयका ४१ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो । तालिममा मोतिबिन्दु, जलविन्दु, डेढो आँखा, दृष्टिदोष, दृष्टि परीक्षण गर्ने विधि, आँखामा चोटपटक लाग्दा प्राथमिक उपचार, औषधि सुरक्षित राख्ने तरिका तथा उपचारमा ढिलाइ हुँदा पर्न सक्ने असरबारे विस्तृत जानकारी दिइयो ।
त्यसैगरी मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले आँखामा पार्ने असर, गर्मी मौसममा देखिने आँखा समस्या, बालबालिकामा दृष्टि कमजोरी समयमै पहिचान गरेर सोको  उपाय तथा विद्यालयस्तरमै जनचेतना फैलाउने विषयमा व्यवहारिक अभ्यास सहित प्रशिक्षण प्रदान गरिइयो ।
गौर आँखा अस्पतालका विनिता केसरी, सत्येन्द्र पाण्डे र आफताव आलमले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमकै क्रममा नगर प्रमुख प्रदीपकुमार यादव तथा शिक्षक संयोजक राजेशकुमार यादवले तालिम प्रभावकारी रहेको बताएका थिए । नगर प्रमुख यादवले नगरभित्रका सबै विद्यालयमा आँखा जाँच कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै नयाँ भर्ना हुने विद्यार्थीका लागि अनिवार्य आँखा परीक्षण प्रमाणपत्र लागु गर्ने विषयमा छलफल अघि बढाइएको जानकारी दिए ।
उनले रौतहटमै नमुना नगरपालिका बनाउने लक्ष्यसहित सबै विद्यार्थी तथा नागरिकलाई सहज रूपमा आँखा सेवा उपलब्ध गराउने योजना समेत सार्वजनिक गरे ।
यस प्रकारको तालिमले विद्यालयस्तरमै आँखा स्वास्थ्य प्रति सचेतना बढाउने र बालबालिकामा हुने समस्या समयमै पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।