“मौलापुरमा मेयरविरुद्ध आफ्नै जनप्रतिनिधिको बगावत उत्रियोः ‘४० करोड हिनामिना, प्रशासकीय अधिकृत भगाउने खेल’ गम्भीर आरोप”

0 Shares
कटहरिया संवाददाता
कटहरिया (रौतहटं), १० वैशाख । रौतहटको मौलापुर नगरपालिकामा आन्तरिक विवाद चर्किएको छ ।
नगर प्रमुख रिना कुमारी साह विरुद्ध उपमेयरसहित ६ जना वडा अध्यक्षहरूले गम्भीर आरोप लगाउदै खुला विद्रोह गरेको हो ।
बिहीवार मौलापुरको मर्यादपुरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उपमेयर नागेन्द्र यादवले मेयर साह र उनका श्रीमान्, पूर्व मन्त्री प्रभु साह माथि व्यापक अनियमितता, कमिशनखोरी र प्रशासनिक हस्तक्षेपको गम्भीर आरोप लगाए ।
उपमेयर यादवका अनुसार हालै हाजिर भएका उपसचिव प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई हटाउन योजनाबद्ध रूपमा दबाब दिइँदै आएको छ । “मेयरका छोरा नेतृत्वको समूहले कार्यालयमै पुगेर विभिन्न शीर्षकमा रकम माग्दै दबाब दिदै आएको,” उनले दाबी गरे ।
नगरसभाबाट पारित निर्णयका नाममा विद्युत महशुल भुक्तानी, छोरीको विवाहमा अनुदान, विभिन्न पूर्वाधार योजना लगायत शीर्षकमा विगत ६ वर्षदेखि जथाभावी भुक्तानी हुँदै आएको आरोप पनि उनले लगाए । उपमेयरका यादवले पूर्व प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह र लेखा अधिकृत जयप्रकाश महतो सँगको मिलेमतोमा नियमविपरीत करोडौ रकम निकासा गराएको खुलाशा गरे ।
“मौलापुरको सबै टेन्डर एउटै व्यक्तिलाई कसरी पर्छ?” भन्दै उनले ठेकेदार छनोट प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाए । साथै हाल रोकिएको विद्युत महशुल र विवाह अनुदानको रकम अनियमितता भएको आशंका पनि व्यक्त गरे ।
वडा अध्यक्षहरूले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मेयर पक्षले आफ्नो पक्षका व्यक्तिलाई जिताउन अहिलेबाटै षड्यन्त्र गरिरहेको आरोप लगाए । कार्यपालिका बैठकहरूमा पूर्व मन्त्री प्रभु साहको प्रत्यक्ष हस्तक्षेप रहेको र सादा निर्णय पुस्तिकामा जबर्जस्ती हस्ताक्षर गराउने प्रयास भएको उनीहरूको कथन छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित उजुरी दिइएको भए पनि हालसम्म कुनै कारबाही नभएको उनीहरूले गुनासो गरे ।
वडा अध्यक्षहरूले आफूहरू पारदर्शी रुपमा कार्यपालिकाको बैठकमा  जानका लागि तयार रहेको जनाउँदै निर्णय प्रक्रिया खुला र सार्वजनिक गर्न फेसबुक लाइभ मार्फत बैठक सञ्चालन गर्न समेत माग गरे ।
उक्त पत्रकार सम्मेलनमा वडा नं. १ का जयलाल महतो, ८ का शिवप्रसाद यादव, ६ का ईश्वरी दयाल यादव, ७ का वीरबहादुर, ९ का श्यामकिशोर साह र ५ का चन्द्रकिशोर साहको उपस्थिति रहेको थियो ।
उता मेयर रिना कुमारी साहले सम्पूर्ण आरोप अस्वीकार गर्दै “सबैलाई आफ्नो स्वतन्त्रता छ, जे मन लाग्छ गर्नुस” भन्ने संक्षिप्त प्रतिक्रिया दिएकी छन् ।
मौलापुर नगरपालिका मौलाउदै गएको आन्तरिक विवादले अब राजनीतिक मात्र होइन, प्रशासनिक पारदर्शिता र सुशासन माथि समेत गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।