गौर भन्सार क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषधको खेप सहित अटो र २० चालक २० वर्षीय युवक पक्राउ

0 Shares
रौतहट, ११ वैशाख । रौतहटको गौर भन्सार क्षेत्रबाट शुक्रवार दिउसो ठूलो परिमाणमा  लागुऔषध, अटो सहित चालकलाई संयुक्त सुरक्षाकर्मीले पक्राउ गर्न सफल भएका छन् ।
गौर नगरपालिका–२ भन्सार ढाँटमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले आज दिउसो १२ बजेको समयमा अटोलाई चेकजाँच गर्ने क्रममा ठूला परिमाणमा लागु औषध सहित युवकलाई नियन्त्रणमा लिएका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोमा शंका लागेर चेकजाँच गर्दा चालक सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको सीमा सुरक्षा गुल्म गौरले जनाएको छ ।
अटोबाट बरामद भएका लागुऔषधहरुमा DIAZEPAM Injection IP 2ml (१०० पिस), PROMETHAZINE HYDROCHLORIDE Injection IP 2ml (१०० पिस), BUPRENORPHINE Injection IP 2ml (१०० पिस) तथा करिब ५ ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित रौतहट राजदेवी–७ मुडवलवा गाउँका २० बर्षीय अटो चालक मोहन पण्डितलाई नगद नेपाली ४९०, भारतीय १०० एक थान एन्ड्रोइड मोबाइल तथा अटो सहित नियन्त्रणमा लिइएको डिएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
नियन्त्रणमा लिइएका पण्डितलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको जानकारी दिदै डिएसपी विष्टले लागुऔषध सहित अबैध सामानहरु माथि विशेष रुपमा सशस्त्र प्रहरीले निगरानी राखेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।