मौलापुर नगरपालिकाको वेथितिका विरुद्ध जनआक्रोश विस्फोट हुने अवस्थामाः सेवा रोकेपछि नगरपालिकामा तालाबन्दीको चेतावनी

0 Shares
ओमप्रकाश यादव
रौतहट, १२ वैशाख । रौतहटको मौलापुर नगरपालिकाविरुद्ध स्थानीयवासी खुलेआम आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिकाले वितरण गर्दै आएको बिजुली, खानेपानी तथा विवाह सम्बन्धी सामाजिक सहयोग रकम पछिल्ला केही महिना देखि रोकिएको भन्दै असन्तुष्टि चरममा पुगेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
उक्त विषयलाई लिएर विभिन्न वडामा गठित संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिका अनुसार आधारभूत सेवा र सामाजिक सुरक्षा रकम रोकिँदा सर्वसाधारणको दैनिकी नै प्रभावित भएको छ ।
संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन अभियान सुरु गरिनेछ । वैशाख १५ गते प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने, वैशाख २१ गते नगरपालिकाको कार्यालय अगाडि सशक्त विरोध प्रदर्शन गरिने ।
यति गर्दा पनि माग सम्बोधन नभए जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कडा चेतावनी दिइएको छ, जसले अवस्था थप तनावपूर्ण बन्ने संकेत गरेको छ ।
स्थानीयवासीहरूले नगरपालिकामाथि अपारदर्शिता, सेवा प्रवाहमा लापरवाही र जनताको समस्या प्रति उदासीनता देखाएको आरोप लगाए । उनीहरूले तुरुन्त रोकिएको रकम वितरण गरी जनताको आधारभूत अधिकार सुनिश्चित गर्न माग गरे ।
यता, बढ्दो जनदबाबका बाबजुद नगरपालिकाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिँदा जनआक्रोश झनै बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।