सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटको १९ औं स्थापना दिवश भव्यताका साथ मनाइयो

0 Shares
रौतहट, १४ वैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हे. क्वा रौतहटले सोमवार “१९ औं स्थापना दिवस २०८३” भव्यताका साथ मनाएका छन् ।
“१९ औं स्थापना दिवस २०८३” को प्रमुख अतिथिको रुपमा छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति एवं डिआइजी कृष्ण ढकालले सशस्त्र प्रहरी सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा, राजस्व छलीका कार्य नियन्त्रण एवं विपद उद्धारका क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गर्दै आएको चर्चा गरे ।
यहाँका सीमा क्षेत्रका बासिन्दाहरु संग सशस्त्र प्रहरीको तालमेल राम्रो भएको हुँदा तीन करोड भन्दा बढिको राजस्व छलीका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा दाखिला गराइनु पनि सहि सुचनाको उपज रहेको बताउदै सीमा क्षेत्रको निगरानी अहोरात्र गर्नमा सशस्त्र प्रहरी महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए ।
रौतहट जिल्लाको ३२ किलोमिटर भारत संग जोडिएका सीमानाकामा निकै कडाईका साथ २४ औं घण्टा सशस्त्र प्रहरीको डिउटी जारी रहनु सुखद पक्ष भएको जिकिर गर्दै सिमिति साधन श्रोतका बावजुद पनि विभागीय नीति निर्देशनलाई अक्षरशः रौतहटमा पालना गर्दै आएकोमा उनले खुशी व्यक्त गरे । साथै आफू मातहत रहेका ८ वटै जिल्लामा सशस्त्र प्रहरीको भुमिका अपेक्षाकृत राम्रो रहेको समेत धारणा राखे ।
१९ औं स्थापना दिवसको सुखद उपलक्ष्यमा सशस्त्र प्रहरीका अमर सहिदहरुले देखेका सपनाहरुलाई पुरा गर्दै संगठनबाट प्रदत जिम्मेवारीलाई अक्षरशः पालना गर्न गराउन जिल्ला कमाण्डरहरुको भुमिका महत्वपूर्ण रहने गरेको छ । स्थापना दिवसको सम्पूर्णमा बधाई तथा शुभकामना दिदै अगामी दिनहरुमा पनि उल्लेखनिय कार्यहरु गर्न समेत उनले निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले सत्य, सुरक्षा र प्रतिबद्धता भन्ने मुल नाराका साथ सशस्त्र प्रहरीको संगठन प्रतिको भुमिका राम्रो हुनुपर्ने, सीमा वारपारबाट हुने राजस्व छलीका कार्यहरु पूर्ण रुपमा नियन्त्रर्ण गर्नुपर्ने, आम नागरिकलाई सीमामा दुख नदिनु तथा सहज बनाउनु पर्ने लगायत राजस्व वृद्धि तथा सीमा स्तम्भहरुको सुरक्षार्थ अहोरात्र खटिनुपर्ने बताए ।
प्रजिअ भुसालले स्थापना दिवसको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहट परिवारलाई बधाई तथा शुभकामना दिए ।
सो कार्यक्रममा भलिवल, हाजिरी जवाफ प्रतियोगिता लगायत विभिन्न विधाहरुमा उत्कृष्ट गर्ने प्रहरी अधिकृत देखि लिएर जवान सम्मलाई प्रशंसा पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका गणपति एवं एसपी रामहरी अधिकारीले जानकारी दिए ।
साथै डिआइजी ढकाललाई ११ नम्वर गणको तर्फबाट एसपी अधिकारीले मायाको चिनो प्रदान गर्दै कार्यक्रममा सहभागी भएकाहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले पाएको जिम्मेवारलाई इमान्दारीका साथ पालना गर्ने प्रतिबद्धता जनाए । सोही कार्यक्रममा सशस्त्र प्रहरीको साँस्कृतिक टोलीद्धारा विभिन्न भेषभुषामा सज्जिएर साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा स्थापना दिवस मन्त्रमुग्ध बनेका थिए ।
उक्त कार्यक्रममा गौरको नगरप्रमुख शम्भु साह, राजदेवीका भिखारी यादव, इशनाथका कोशिला देवी, परोहाका शेख वकिल, गढीमाईका श्यामप्रसाद यादव, नेपाली सेनाका नारायण दल गण पुरेनवाका गणपति कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल १०, १२, ४० नम्वर गणका गणपतिहरु, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजयकुमार कार्की, कार्यालय प्रमुखहरु सहित सेवा निवृत्त सशस्त्र प्रहरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाए ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटको १९ औं स्थापना दिवसको केही रोचक तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।