सपेताको रुखमा मोटरसाइकल ठोक्किदा सर्लाहीमा तिन युवकको मृत्यु

सर्लाही, १८ पुस । सर्लाहीको इश्वपुर नगरपालिकामा शनिवार राति रुखमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा हुँदा तिन जना युवकको मृत्यु भएको छ ।
सर्लाहीको बयलवास भक्तिपुर सडक खण्डका सागरनाथ जंगमा बा.१९प. ७१९७ नम्वरको मोटसाइकल गए राति सपेताको रुखमा ठोक्किएर २० मिटर तल खाल्डोमा खसेर मोटरसाइकलमा सवार तिनै युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
दुर्घटनामा परेर इश्वरपुर नगरपालिका १० दसबिघाका २२ बर्षिइ अरुण सिह, २० बर्षिय श्रम बिक र २२ बर्षिय रोहन सिहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिदै तिनै युवकको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा राखिएका बताए ।
नयाँ बर्ष मनाउन मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइएको र बाक्लो हुस्सुको कारण अनियन्त्रित भई सपेताको रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रष्ट पारे । त्यस सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ ।