नेपाल पत्रकार महासंघको आक्रोशः प्राधिकरणको ‘एकल निर्णय’ विरुद्ध मधेशभर विरोध

0 Shares
रौतहट, १५ वैशाख । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला शाखाहरूले आमसञ्चार प्राधिकरणको कार्यशैली प्रति गम्भीर आपत्ति जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका नाममा सञ्चालन गरिने कार्यक्रमहरूमा सरोकारवाला सँग समन्वय नगरी एकल रूपमा प्रक्रिया अघि बढाइएको भन्दै महासंघको आठ वटै शाखाको अध्यक्षद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीको माध्यमबाट आपत्ति जनाएका हुन् ।
विज्ञप्तीमा महोत्तरीको बर्दिबासमा सञ्चालन हुन लागेको पत्रकारिता प्रशिक्षण कार्यक्रम यसको ताजा उदाहरण हो । प्रारम्भमा जिल्ला शाखाहरूबाट प्रशिक्षकको नामावली माग गरिए पनि पछि कुनै समन्वय नगरी अलग्गै सूचना प्रकाशन गरी आवेदन आह्वान गरिएको आरोप लगाइएको छ ।
महासंघले यसलाई संस्थागत समन्वयको मर्म विपरीत मात्र नभई आफ्नो गरिमा र भूमिका माथि प्रश्न उठाउने कार्यको रूपमा लिएको छ । विगतमा सञ्चालन भएका यस्ता तालिमहरूमा पनि स्थानीय पत्रकारहरूको आवश्यकता र सन्दर्भलाई बेवास्ता गरिएको अनुभव दोहोरिएको भन्दै संयुक्त विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरिएको छ ।
आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रूपमा महासंघका जिल्ला शाखासँग सहकार्य गर्नुपर्ने माग गर्दै बजेटको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न पनि सम्बन्धित निकायलाई सचेत गराइएको छ ।
महासंघले यस्ता ‘मनपरी’ गतिविधि तुरुन्त सच्याउन चेतावनी दिँदै सहभागिता, सम्मान र सहकार्य बिना सञ्चार क्षेत्रको दिगो विकास सम्भव नहुने स्पष्ट पारेका छन् ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा शाखाका अध्यक्षहरु संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्ती आज जारी गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।