अफगानिस्तानलाई कोभिड विरुद्धको ५ लाख डोज खोप पठाए भारतीय सरकारले

   १८ पुष २०७८, आईतवार १५:४४  

एजेन्सी
नयाँ दिल्ली, १८ पुस । भारतीय सरकारले मानविय धर्मको पालना गर्दै अफगानिस्तानलाई कोरोना विरुद्धको ५ लाख डोज खोप पठाएको छ ।
अफगानिस्तानमा विद्रोही सरकार तालिवानले सत्ता कब्जा गरेपनि त्यहाँको जनतालाई कोभिड १९ बाट जोगाउने उद्देश्यबाट ओतप्रोत भई मानव धर्म अनुसार दुख पिडाको समयमा सबै विर्षेर त्यस्तालाई सहयोग गर्नु नै सबै भन्दा ठूलो मानविय धर्म हुने भएको हुँदा अफगानिस्तानलाई कोरोना विरुद्धको ५ लाख डोज खोप पठाएको भारतीय विदेश मन्त्रालयले जनाएको हो ।
भारतीय अधिकारीका अनुसार काबुल स्थित इन्दिरा गान्धी अस्पताललाई उक्त खोप हस्तान्तरण गरिएको छ । भारतीय विदेश मन्त्रालयले थप ५ लाख डोज खोप अर्को साता पठाइने जनाएको छ । भारतले गत महिना अफगानिस्तानमा १.६ टन स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
उक्त सामग्री विश्व स्वास्थ्य संगठन मार्फत त्यहाँ पठाइएको थियो । विदेश मन्त्रालयले अफगान जनतालाई मानवीय सहायता पु¥याउन भारत सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ । त्यसैगरी भारतले अफगानिस्तानका लागि ५० हजार मेट्रिक टन गहुँ पठाउने पनि जनाएको छ । तर त्यो कहिले र कसरी पठाउने र वितरण गर्ने भन्ने विषयमा टुंगो लागि नसकेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै