गौरको मुख्य सडकमा रहेका माँ राजदेवी भाडापसलको पर्खाल फुटालेर साढे ७ लाख भन्दा बढिको सामान चोरी

0 Shares
रौतहट, १७ वैशाख । रौतहट सदरमुकाम गौरको मुख्य सडकमा अवस्थित माँ राजदेवी भाडाकुडा पसलमा बुधवार राति करिव साढे ७ लाख भन्दा बढिको सामानहरु चोरी भएका छन् ।
गौर नगरपालिका–५ बरहवापुल मुख्य सडकमा अवस्थित माँ राजदेवी भाडाकुडा पसलको पूर्वबाट पर्खाल फुटालेर तामा पितलका बेसकिमती भाडाकुडाहरु चोरी भएका हुन् ।
पसल संचालक धर्मनाथ साह सधै झै गएराति पसल बन्द गरेर घर भएको र आज विहान पसल खोलेपछि सामानहरु यत्रतत्र छरिएको देखेपछि भित्रपट्टीको ढोका खोलेर हेर्दा इटाको पर्खाल काटेर मानिस भित्र प्रवेश गरेर चोरी भएको देख्दा प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको र चोरी भएको विवरण सहितको निवेदन लिएर कार्यालयमा आउन भनेको पसल संचालक साहले बताए । संचालक साहको अनुसार ५ हजार जति नगद गल्लामा थिए भने करिव साढे ७ लाख भन्दा बढिको पितल र तामाको सामानहरु चोरेर लगेको उनले दुखेसो पोखे ।
निकै मेहनेत गरेर पसल संचालन गरेको भएपनि दुष्टहरुको निसानामा पसल परेको रुदै भने । अहिलेको समयमा व्यापार कम हुने त्यसमा पनि पुजी नै चोरी भएको उनले गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पनि चोरीको घटनाको छानविन सुरु गरेको तथा चोरीमा संलग्न व्यक्तिहरुको समात्न गहन अनुसन्धान गरिरहेको प्रहरी श्रोतले बतायो ।
स्मरण रहोस, सदरमुकामको मुख्य सडकमा २४ औं घण्टा सुरक्षा व्यवस्था कडा रहदा पनि चोरीको घटना हुनु आफैमा शंकाष्पद विषय रहेको स्थानीयहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।