बडा गडबड घोटाला है रे बाबाः कृषि ज्ञान केन्द्र गौरका प्रमुखको बजेटमाथि गिद्धे नजर, चलखेलको आशंका

0 Shares
रौतहट, १७ वैशाख । “बडा गडबड घोटाला है रे बाबा” भन्ने भारतीय फिल्मको डायलग झै अहिले रौतहट जिल्लाको गौरमा रहेका कृषि ज्ञान केन्द्रमा बजेट अनियमितताको गन्ध बाहिर निस्किएको छ ।
कृषि ज्ञान केन्द्र, गौरका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीमाथि करिब १६ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गर्ने तयारी गरेको आरोप सार्वजनिक भएसँगै स्थानीय तहमा तीव्र असन्तोष र आक्रोश फैलिएको हो ।
किसानलाई प्रत्यक्ष लाभ दिने कृषि सडक, साना तर प्रभावकारी योजना (५ देखि १५ लाख रुपैयाँ सम्म) मा खर्च हुनुपर्ने रकम अन्तिम समयमा अन्यत्र मोड्ने प्रयास भइरहेको आरोप लगाइएको छ । योजनाको प्राथमिकता नै उल्ट्याउँदै ‘कोटेशनको खोल ओढेका’ कार्यक्रमहरू अघि बढाइनु झन् शंकास्पद देखिएपछि आर्थिक अनियमितताको गन्ध बाहिर आएको आरोप स्थानीयहरुले लगाए ।
स्थानीय सरोकारवालाहरूका अनुसार ‘बजेट अभाव’ र ‘रकम नआएको’ जस्ता बहाना देखाएर वास्तविक योजनाहरु ओझेलमा पार्ने खेल सुरु भएको छ । यसले प्रशासनिक पारदर्शिता र जवाफदेहिता माथि गम्भीर प्रश्न खडा गरेको छ । विकासका नाममा देखाइएका प्रतिबद्धता अन्तिम घडीमा कागजमै सीमित हुने संकेत देखिन थालेपछि स्थानीयवासीमा निराशा र आक्रोश चुलिएको छ ।
कृषि क्षेत्रमा रूपान्तरणको सपना बोकेका किसानहरू अहिले अन्योल र संशयमा परेका छन् । किसान मैत्री नीति कार्यान्वयन गर्ने अपेक्षा गरिएको निकायबाटै यस्ता गतिविधिको आरोप लाग्दा विश्वासको संकट झन् गहिरिदै गएको छ । स्थानीय अगुवाहरूले तत्काल निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक र दोषीमाथि कडा कारबाहीको माग गरे । साथै, वास्तविक किसानमुखी योजना कार्यान्वयनमा ल्याउन दबाब दिएका छन् ।
यस विषयमा कृषि ज्ञान केन्द्र, गौरका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी संग प्रतिक्रिया लिन खोज्दा उनी कार्यालय बाहिर रहदा सम्पर्क हुन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।