ऋण पचाउने बहाना एवं विपक्षीलाई फसाउने नियतबाट आफनै बुवाको हत्या गर्ने छोरा १८ वर्ष पछि पक्राउ

0 Shares
रौतहट, १७ वैशाख । लिएको ऋण पचाउनका निमित्त विपक्षीलाई फसाउने नियतबाट ओतप्रोत भई आफनै बुवाको हत्या गरेर फरार भएका छौरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
विहिवार साँझ रौतहट प्रहरीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको उक्त घटनाका आरोपितलाई समातेपछि बुवा छोराको नाता पनि सम्पत्ती सामु कमजोर रहेको एक पटक सावित गरिदिएको हो ।
करिब १८ वर्षअघि भएको एक हृदयविदारक पारिवारिक हत्याकाण्डलाई अन्ततः प्रहरीले उजागर गरेको छ । आफ्नै बाबुको हत्या गरेर फरार रहेका आरोपीलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
२०६४ साल जेठ २० गते राति गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) का ६८ वर्षीय विशेष महतो कोईरीको निर्ममतापूर्वक हत्या गरिएको थियो । घटनापछि केही दिनमै आरोपी आफ्नै परिवार सहित फरार भएका थिए ।
अनुसन्धानका क्रममा मृतकका कान्छा छोरा राम बिलास महतो नै हत्यामा संलग्न रहेको प्रहरीले खुलासा गरेको छ । आर्थिक संकट, ऋणको चाप र जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले उनले योजनाबद्ध रूपमा बाबुको हत्या गरेको जारी विज्ञप्तीमा देखिन्छ ।
प्रहरीका अनुसार महतोले बुवा सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए । हत्या पछि ऋण तिर्नु नपर्ने र विपक्षीहरूलाई ज्यान मुद्दामा फसाउन सकिने सोचका साथ उनले यस्तो जघन्य अपराध गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी विष्णु प्रदीप वस्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।
लामो समयदेखि फरार रहेका महतोलाई हिजो १६ गते चितवनबाट पक्राउ गरिएको तथा हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।