सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण हे.क्वा. सर्लाहीले १९ औं स्थापना दिवस भव्यताका साथ मनाए

0 Shares
सर्लाही, १९ वैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हे.क्वा. कविलासी सर्लाहीले आफ्नो १९ औं स्थापना दिवस भव्यताका साथ मनाएका छन् ।
विभिन्न धर्म साँस्कृतिक एवं पहिरन झल्किने गरी साँस्कृतिक प्रस्तुतीको साथै विविध विधामा उत्कृष्ट भएकाहरुलाई सम्मानपत्र, नगद, दोसल्ला ओधाएर मनाइएको बार्षिकोत्सवमा सुरक्षा उपलब्धि र सीमाको अवस्था मुख्य आकर्षण बनेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अशोककुमार बमले संगठनको नीति निर्देशन अनुसार सशस्त्र प्रहरी सीमाको सुरक्षा, सीमा स्तम्भको संरक्षण तथा अभिलेखीकरण, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धार र लागुऔषध नियन्त्रणमा निरन्तर सक्रिय रहेको बताए ।
उनले सीमित साधन स्रोत र जनशक्तिका बावजुद सर्लाहीको भारतसँग जोडिएको ५१ किलोमिटर सीमा क्षेत्रमा कडा निगरानी राख्दै आएको स्पष्ट पारे । उनले सेवाकालमा ज्यान उत्सर्ग गर्ने अमर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनको मर्मअनुसार कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सशसत्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीका गणपति तथा एसपी अमरबहादुर खत्रीले पछिल्लो उपलब्धि सार्वजनिक गर्दै सीमाक्षेत्रमा ठुलो परिमाणमा अवैध गतिविधि नियन्त्रण गरिएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ५ करोड ६८ लाख रुपैयाँभन्दा बढीका राजस्व छलीका सामान बरामद गरी मलंगवा भन्सार कार्यालयमा बुझाइयो ।
त्यसैगरी वन क्षेत्रबाट चोरी निकासी गरिएको काठ नियन्त्रणमा लिइएको, एक थान कटुवा पेस्तोल बरामद गरिएको तथा पाँच जना अवैध गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको उनले बताए ।
लागुऔषध नियन्त्रणतर्फ पनि उल्लेखनीय सफलता हासिल भएको छ । तीन सय किलोग्राम भन्दा बढी गाँजा, १४ हजारभन्दा बढी एम्पुल र पाँच लाख रुपैयाँभन्दा बढी हुण्डी रकम बरामद गरिएको एसपी खत्रीले जानकारी दिए ।
उनले सशस्त्र प्रहरीले आफनो जिम्मेवारीलाई पूर्ण इमानदारी पूर्वक निर्वाह गरिरहेको र आगामी दिनमा पनि यस्तै सक्रियता कायम रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको कालिदास गणका कर्णेल, नेपाल प्रहरीका एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी बल नम्बर ११ गण रौतहटका एसपी रामहरी अधिकारी, सञ्चारकर्मी तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।