‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ देखि जिपिएस ट्र्याकिङ सम्मः मधेश प्रहरी महा एक्सनमा

0 Shares
रौतहट, १९ वैशाख । मधेश प्रदेश प्रहरीले लागुऔषध सेवन र कारोबार नियन्त्रणलाई थप कडा बनाउँदै “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” औपचारिक रूपमा सुरु गरेको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी गोबिन्द थपलियाले आठै जिल्लाका प्रहरी प्रमुख र मातहत युनिटलाई विशेष निर्देशन दिँदै अभियानलाई तीव्र रूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
अभियान अन्तर्गत प्रमुख सीमा नाकाहरूमा आधुनिक प्रविधि सहित “ड्रग्स टेस्टिङ चेकपोइन्ट” स्थापना गरिने भएको छ । यी चेकपोइन्ट मार्फत सीमा भएर आवतजावत गर्ने व्यक्तिहरू, विशेषगरी युवाहरूलाई लक्षित गर्दै परीक्षण, तथ्यांक संकलन र निगरानीलाई व्यवस्थित गरिनेछ ।
प्रहरी स्रोतका अनुसार लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा मात्र सीमित नराखी सुधारतर्फ लैजान विशेष रणनीति बनाइएको छ । सीमा क्षेत्रमै एक घण्टा सम्म अडियो–भिजुअल माध्यमबाट सचेतनामूलक प्रशिक्षण दिइनेछ भने आवश्यक परे उनीहरूको विस्तृत अभिलेख तयार गरी जीपीएस लोकेशन ट्र्याकिङ समेत गरिने बताइएको छ ।
अभियानले सुधार र पुनःस्थापनालाई केन्द्रमा राख्ने प्रहरीको भनाइ छ । स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै खेलकुद, मनोरञ्जन, सीप विकास तालिम र रोजगारी मूलक कार्यक्रम मार्फत युवाहरूलाई लागुऔषधबाट टाढा राख्ने लक्ष्य लिइएको छ ।
यस सँगै लागुऔषध ओसार पसार तथा कारोबारमा संलग्न औषधि पसल, गोदाम र मुख्य कारोबारी माथि कडा निगरानी राखी पहिचान गर्ने र कानुनी कारबाहीलाई थप तीव्र बनाइने प्रहरीको योजना छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सरकारी तथा गैरसरकारी निकाय सँगको सहकार्यमा अभियानलाई व्यापक बनाइनेछ । डीआईजी थपलियाले यस महाअभियानले मधेश प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।