बोक्सी आरोपमा दलित महिलामाथि क्रूरताः मानव मल–मूत्र खुवाएर जघन्य अपराध गरेको घटना सार्वजनिक

0 Shares
कटहरियामा पूर्व वडा सदस्यमाथि सामूहिक अत्याचार, प्रहरीमाथि समेत आक्रमणको प्रयास
रौतहट, २० वैशाख । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलालाई मानव मल–मूत्र खुवाएर अमानवीय तथा जघन्य अपराध गरेको घटना सार्वजनिक भएको छ ।
कटहरिया–९ की ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मल–मूत्र खुवाएको घटनाले समाज सिंगो समाज स्तब्ध बनेको हो ।
घटनाअनुसार छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्ती मध्ये एक १० वर्षीय बालकले उल्टी गरेपछि त्यसैलाई निहुँ बनाउँदै अंकलिया देवी माथि जादू–टुना गरेको आरोप लगाएर उक्त दुष्कार्य गरियो ।
हिजो शनिबार साँझ करिब ७ बजेतिर १५–२० जनाको समूह एक्कासी अकलियाको घरभित्र पसेर उनीमाथि कुटपिट गर्दै बियरको बोतलमा घोलेको मल–मूत्र जबर्जस्ती खुवाएको पीडिताकी छोरी सुमिला देवी मुसहरिनले बताइन् ।
छोरी सुमिलाका अनुसार घटनाका बेला उनीहरू आमा–छोरी मात्रै घरमा थिए । विरोध गर्दा आफूमाथि समेत कुटपिट भएको उनले दुःखेसो पोखिन् । घटनामा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साह लगायत एक दर्जनभन्दा बढीको संलग्नता रहेको पीडिताले गम्भीर आरोप लगाइन ।
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक मोहन आले मगरको नेतृत्वमा गएको प्रहरी टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएका थिए । उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाए ।
तर, घटनालगत्तै आरोपीहरू पक्राउ गर्न पुगेको प्रहरी टोली माथि आरोपित पक्षद्वारा अवरोध खडा गर्नुका साथै आक्रमणको प्रयास समेत गरेको प्रहरीले जनाए । स्थिति तनावपूर्ण बनेपछि थप सुरक्षा सतर्कता अपनाइएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर प्रसाद आचार्यले उक्त घटनाको अनुसन्धान गरिरहेको तथा दोषीहरूलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिए । आरोपीहरूको खोजी गर्न थप प्रहरी परिचालन गरिएको उनले बताए ।
स्थानीय मुसहर समुदायमा बिहेपछि बेहुली पक्षबाट भोलिपल्ट ‘सरियतिया’ जाने चलन रहेको र सो अवसरमा भोज भतेर गर्ने परम्परा रहँदै आएको छ । तर, यही सामाजिक परिवेशबीच घटेको यस प्रकारको क्रूर घटनाले अन्धविश्वास र सामाजिक विकृतिको भयावह रूपलाई उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।