“बोक्सी आरोपमा दलित महिलामाथि निर्मम अत्याचारः पूर्व वडा महिला सदस्यलाई कुटपिट र मलमूत्र खुवाउने मध्ये एक पक्राउ”

0 Shares
रौतहट, २१ वैशाख । अन्धविश्वासको नाममा मानवतालाई शर्मशार बनाई रौतहेली समाजलाई लज्जित बनाउने बोक्सीको घटना सार्वजनिक भएपछि प्रहरी सक्रिय बन्दै एक जना पिडकलाई पक्राउ गर्न सफल भएको छ ।
कटहरिया नगरपालिका–९, डुमरिया टोलकी करिब ५५ वर्षीया एकल महिला माथि ‘बोक्सी’ को आरोप लगाउँदै कुटपिट, गालीगलौज मात्र होइन, मानव मल–मूत्र खुवाउने जस्तो अमानवीय व्यवहार शनिवार साँझ भएपछि हिजो साँझ प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भएको हो ।
पीडिता महिलाले इलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा दिएको जाहेरीका आधारमा प्रहरीले तत्कालै अनुसन्धान सुरु गरे । जाहेरी अनुसार स्थानीय गोरी साह कलवार सहितका व्यक्तिहरूले “तिमी बोक्सी हौ, हाम्रो नातेदारको बच्चालाई बिरामी बनायौ” भन्ने आरोप लगाउँदै लछारपछार गरी निर्घात कुटपिटको साथै वियरको बोतलमा मानव मल–मूत्र घोलेर खुवाएका थिए ।
घटनापछि प्रहरी टोली तुरुन्तै खटिएर संलग्नमध्ये ३० वर्षीय शंकर मालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
अन्धविश्वासका कारण महिला माथि यस्तो क्रूर व्यवहार दोहोरिनु समाजका लागि गम्भीर चुनौती बनेको छ । मानव अधिकारको ठाडो उल्लंघन भएको यस घटनाले स्थानीय प्रशासन र समाज दुवैलाई चुनौती दिएको हुँदा यस्ता मानवता विरोधी तत्वहरुलाई अविलम्ब पक्राउ गरेर प्रदत कानुन अनुसार कडा कारवाही गर्नुपर्ने माग पिडिताले गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।