zoom download for windows 10 latest version zoom download pc free free zoom download windows link download zoom free installation of zoom

धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप, १३ घाईते, २ गम्भीर

   १८ पुष २०७८, आईतवार १७:०३  

धनुषा, १८ पुस । किसानहरुलाई समयमा रासायनिक मल सहित विउविजन उपलब्ध गराउन नसक्ने सरकार विरुद्ध आन्दोलन चर्काएका जनमत पार्टीका कार्यकर्ता र प्रहरी विच धनुषामा हिंसक झड्प भएको छ ।
पूर्व–पश्चिम राजमार्ग बन्द गराउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने पोर्ताहामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरु बीच झडपमा परेर प्रहरी सहित १३ जना प्रदर्शनकारी घाइते भएको हो ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच भएको द्विपक्षीय झडपको क्रममा ६ जना आन्दोलनकारी र ८ प्रहरी जवान घाइते भएको बताइएका छन् ।
झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन् । नथुनी यादवर बजनाथको टाउको र खुटामा गोली लागेको हुँदा उनीहरुलाई विरेन्द्रबजार स्थित अस्पतालमा उपचार भईरहेको बताइएको छ । जसमध्ये २ को अवस्था चिन्ताजनक रहेको सो पार्टीले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यासँ प्रहार भएको जानकारी दिए । प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट ८ जना घाइते भएको जानकारी दिए । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका एकजना घाइते भएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै