पश्चिम बंगालमा भाजपाको ‘सुनामी’, ममता पराजित, भारतीय राजनीतिमा ठूलो उलटफेर

0 Shares
कोलकाता, २२ वैशाख । भारतको पश्चिम बंगाल विधान सभा चुनावको मतगणनाले भारतीय राजनीतिमा ऐतिहासिक मोड ल्याएको छ ।
भारतीय जनता पार्टी (भाजपा) ले अभूतपूर्व जित हासिल गर्दै सत्तारुढ दल टिएमसीलाई धारासायी बनाउदै १५ बर्ष देखिको शासनलाई अन्त्य गरिदिएको हो ।
२९४ सदस्यीय विधान सभामा भाजपाले २०६ सिट जित्दै दुई तिहाइ भन्दा बढी बहुमत हाँसिल गरेको छ । यो जित संगै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दलले पहिलो पटक बंगालमा सरकार गठन गर्ने बाटो खोलेको हो ।
बहुमतका लागि आवश्यक १४८ सिटभन्दा निकै माथि पुगेर भाजपाले स्पष्ट सन्देश दिएको छ—अब बंगालको सत्ता समीकरण बदलिएको छ, अवको नेतृत्व भाजपाको हुन् जुन बंगालको लागि पहिलो पटक भाजपाको सरकार बन्ने छन् ।
यसअघि लामो समयदेखि सत्तामा रहेको अखिल भारतीय तृणमूल कांग्रेस ८० सिटमा सीमित हुँदा वामपन्थी कम्युनिस्ट पार्टी अफ इंडिया (माक्र्सवादी) मात्र २ सिटमा खुम्चिएको छ ।
सबैभन्दा ठूलो झट्का भने मुख्यमन्त्री ममता बनर्जी लाई लागेको छ । उनी आफ्नै भवानीपुर क्षेत्रमा भाजपा नेता शुभेन्दु अधिकारी सँग १५ हजार भन्दा बढी मतले पराजित भएकी छिन् । सन् २०११ देखि निरन्तर सत्तामा रहेकी बनर्जीको यो हारलाई राजनीतिक भूकम्पका रूपमा हेरिएको छ ।
विपक्षी दलहरूले भने चुनावको निष्पक्षता माथि प्रश्न उठाउँदै नतिजा माथि आशंका व्यक्त गरेका छन् । यता, मोदीले भने यो जितलाई “ऐतिहासिक उपलब्धि” भन्दै देशव्यापी परिवर्तनको संकेत बताए । यसैबीच, तमिलनाडुमा चलचित्र क्षेत्रका चर्चित कलाकार जोसेफ विजय को नयाँ पार्टीले सत्तारूढ द्रविड़ मुनेत्र कषगमलाई पछि पार्दै अप्रत्याशित सफलता पाएको छ ।
केरला मा भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धनले कम्युनिस्ट सरकारलाई पराजित गर्दै वामपन्थी शासनको अन्त्य गरेको छ ।
उता, आसाम मा भने भाजपाले लगातार तेस्रो कार्यकाल सुरक्षित गर्दै आफ्नो पकड बलियो बनाएको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।