जनमत पार्टी को प्रेस वत्तव्य

हाम्रो देश नेपाल एक कृषि प्रधान देश हो र मधेशका ९० प्रतिशत भन्दा बढी जनता कुनै न कुनै रूपमा कृषि पेसा संग जोडिएका छन् तर यहाँका किसानहरू लाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिचाईको व्यवस्था तिनै तहका सरकारले गर्न चाहेको छैन र यसको लागि आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई वेवास्ता गर्ने किसानहरू माथि दमन गर्ने लगायतका नाजायज कार्यहरु गर्दै आएको सर्वविदितै छ। सरकारको किसान विरोधी क्रियाकलापले आजित भएका आम किसानहरू मधेसी जनताको एक मात्र पार्टी जनमत पार्टीको नेतृत्वमा गोलबन्द भइ विगत केही दिन देखि आन्दोलनरत रहेको सर्वविदितै छ र उक्त किसान आन्दोलनमा सरकार र प्रशासनको दमनमुखी रवैयाले किसानहरू माथि भएको दमन प्रति जनमत पार्टी रौतहटको गंभीर ध्यानाकर्षण भएको छ । सिरहा देखि सुरु भएको किसानहरूको जायज आन्दोलनमा दोस्रो चरणको आन्दोलन अन्तर्गत जनमत पार्टी रौतहट तपसिल बमोजिमको मागहरु सहित तपसिल अनुसारको आन्दोलनको कार्यक्रम सहित आन्दोलन गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउदै किसानहरूको जायज र अति आवश्यक मागहरु पूरा नभएसम्म आन्दोलनमा रौतहटवासी जनसमुदाय द्वारा साथ र सहयोग प्राप्त हुने अपेक्षा सहित आन्दोलन बाट पर्ने असर र असुविधा प्रति सरकार स्वयं जिम्मेबार रहेको जानकारी गराउदछौं ।
जय मधेस! जय किसान !! किसान एकता – जिन्दावाद !!!
हाम्रो मागहरु ः–
१. किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर ।
२. समयमा मलखाद र बिउ बिजन को व्यवस्था गर ।
३. सिचाईको व्यवस्था गर, नसके सिंचाईका लागि विधुत निशुल्क गर ।
४. हावा हुरी, बर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति वापत राहत देउ ।
५.हावाहुरी र वर्षाले भएको बाली नाली क्षति वापत राहत देउ ।
६. फसलको उचित समर्थन मूल्य निर्धारण गर ।
७. उखु किसान को भुक्तानी गर ।
८. किसान कार्डको व्यवस्था गर – किसान कार्ड देखाए सिमा नाकामा बजार बाट सामान ल्याउन पाइने व्यवस्था गर ।
९. किसानलाई पनि पेन्सनको व्यवस्था गर ।
१०. स्वतः बाली नाली विमा हुने सुनिश्चितता गर ।
किसान माथि दमन बन्द गर, झुठा मुद्दा खारेज गर ।
११. गिरफ्तार आन्दोलनकारी लाई रिहा गर ।
आन्दोलनका कार्यक्रम
१. मिती २०७८÷०९÷१९ गते सोमबार देखि अनिश्चित काल रौतहट बन्द तथा पुर्णरुपमा चक्काजाम
(नोट ः खाना–नास्ता, औषधि पसल, अति आवश्यक सवारी साधन र संचारकर्मी तथा संचार माध्यम को सवारी साधन वाहेक पुर्ण बन्द )
रामेश्वर प्रसाद यादव
जिल्ला अध्यक्ष
जनमत पार्टी जिल्ला समन्वय समिति रौतहट
मिती २०७८÷०९÷१८