गण्डक देखि मितेरी पुल सम्म मानवसाङलो बनाएर वीरगञ्ज मुख्य सडकका घरधनीहरुद्धारा प्रदर्शन

0 Shares
वीरगञ्ज, २४ वैशाख । त्रिभुवन राजपथको अतिक्रमित बाटो नियन्त्रण गर्ने बहानामा सरकारद्वारा वीरगञ्ज मुख्य सडकमा डोजर चलाएर तहसनहस बनाएका विरुद्ध घरधनीहरु मानवसाङलो बनाएर प्रदर्शन गरेका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज मुख्य सडक (मेनरोड) विस्तार गर्ने सरकारी तयारी विरुद्ध स्थानीय घरधनीहरू विहिवार गण्डक देखि मितेरी पुल सम्म ‘डोजर आतंक’ बन्दको गर्न माग गर्दै मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
विकासको नाममा दशकौं देखि बसोबास गर्दै आएका नागरिकलाई उठीबास लगाउन खोजिएको आरोप लगाउदै प्रदर्शनकारीहरूले सडक को दुवैतर्फ हातेमालो गरेर विरोध गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले “हामी विकास र विस्तार चाहन्छौ, तर वैकल्पिक उपाय खोजौ”, “विकासको नाममा विनाश गर्न पाइदैन” तथा “वीरगञ्जको मेनरोडलाई शहरी मार्ग कायम गर” लगायतका नारासहित प्लेकार्ड सहित प्रदर्शन गरे ।
विरोध सभामा बोल्दै स्थानीय घरधनीहरूले कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका पुराना घर तथा व्यापारिक संरचना भत्काएपछि यहाँको  अर्थतन्त्र, व्यापारिक अस्तित्व र ऐतिहासिक पहिचानमा गम्भीर असर पर्ने चेतावनी दिए ।
उनीहरूले त्रिभुवन राजपथको वैकल्पिक मार्ग (बाइपास रोड) सञ्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रलाई फराकिलो राजमार्ग होइन, व्यवस्थित ‘अर्बन रोड’ का रूपमा विकास गर्नुपर्ने माग राखे ।
पूर्वमेयर विजय सरावगीले आफूहरू विकास विरोधी नभएको स्पष्ट पार्दै वैज्ञानिक अध्ययन, उचित मुआब्जा र वैकल्पिक व्यवस्थाबिना डोजर चलाउनु अन्यायपूर्ण हुने बताए । “हजारौँ परिवारलाई सुकुम्बासी बनाएर गरिने विकास न्यायसंगत हुँदैन,” उनले बताए ।
मुख्य सडक विस्तारले वीरगञ्जको प्रमुख व्यापारिक क्षेत्रमा त्रास फैलिएको छ । स्थानीय प्रशासनले सडक सीमाभित्र रहेका संरचना हटाउन सूचना जारी गरिसकेको छ भने घरधनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।