‘स्वास्थ्य क्षेत्रमा निर्भीक कलम’ चलाउने दुई महिला पत्रकार ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

0 Shares

रौतहट, २८ वैशाख । सञ्चार उद्यमी तथा रेड टेलिभिजनकी संस्थापिका स्वर्गीय रामा यादव को पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिएको “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” बाट दुई महिला सञ्चारकर्मी सम्मानित भएका छन् ।
रामा देवी स्मृति प्रतिष्ठान द्वारा सोमबार रौतहट सदरमुकाम गौर स्थित जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित समारोहमा धनुषाकी चान्दनी झा र बाराकी शारदा पोखरेललाई नगदसहित कदरपत्र प्रदान गर्दै सम्मान गरिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले बदलिँदो परिवेशमा सञ्चारकर्मीमाथि विभिन्न चुनौती थपिदै गएको उल्लेख गर्दै पत्रकारहरू आफ्नो हक–अधिकार र पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।
उनले पत्रकारलाई “आवाजविहीनहरूको आवाज” को संज्ञा दिँदै पत्रकारितामा श्रमअनुसारको प्रतिफल नपाउँदा विकृति र विसंगति मौलाउँदै गएको स्पष्ट पारे । त्यस्ता चुनौतीलाई चिर्दै समाज र सञ्चार क्षेत्रको प्रतिष्ठा उकास्ने सकारात्मक तथा जिम्मेवार पत्रकारिता आवश्यक रहेको उनको भनाइ थियो ।
यस्तै जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादवले पत्रकारिता मार्फत समाज र जिल्लालाई सही दिशामा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताए । “असल पत्रकारमा सही सोच, जिम्मेवारीबोध र सही कदम हुनुपर्छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले तराई–मधेशमा महिला पत्रकारको संख्या अन्य स्थानको भन्दा निकै न्यून रहेको अवस्थामा चुनौतीका बीच तथ्यपरक रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको बताए । स्वास्थ्य सहित विभिन्न सामाजिक मुद्दामा निरन्तर कलम चलाइरहेका महिला पत्रकारप्रति उनले उच्च सम्मान व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की तथा वरिष्ठ पत्रकार प्रभातकुमार झाले पत्रकारिता क्षेत्रमा सुधार र महिला पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
पुरस्कृत पत्रकारद्वय झा र पोखरेलले पत्रकारिता यात्रामा भोग्नुपरेका चुनौती र पीडालाई स्मरण गर्दै कठिन परिस्थितिका बीच पनि निर्भीक रूपमा पेशामा निरन्तर लागिरहँदा प्राप्त भएको सम्मानले थप हौसला दिएको बताए ।
कार्यक्रममा रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले आगामी दिनमा पुरस्कारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै महिला पत्रकारलाई थप सम्मानित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्मानित हुने महिला पत्रकारलाई जनही २६ हजारको नगद राशी र कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको उक्त प्रतिष्ठानले जनाए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।