वारा, २९ वैशाख । बारा जिल्ला भएर नेपाल–भारत बीचको सीमामा चरेशको कारोवार गर्ने युवकलाई चरेश सहित भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।
नेपालबाट तस्करी गरी भारतमा लागुऔषध चरेशको भण्डारण गरिएको सूचनाका आधारमा भारतीय सुरक्षा निकायले छापा मार्दा करिव पौने तीन किलोग्राम चरेश सहित एक जना युवा कारोवारीलाई पक्राउ गरेका हुन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औं बटालियन र बिहार प्रहरीको संयुक्त टोलीले मोतीहारी जिल्लाको जितना थाना क्षेत्रमा पर्ने अगरवा गाउँमा गजेन्द्र राय यादवको घरमा आज विहान छापा मारे ।
संयुक्त सुरक्षाकर्मीले गरेको छापामारीको क्रममा घरभित्र बोरामा लुकाएर राखिएको करिब पौने ३ किलो चरेश बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट विश्वजित तिवारीले जानकारी दिए ।
संयुक्त प्रहरीले घरधनी यादवका २६ बर्षीय छोरा मुन्नाकुमार यादवलाई पक्राउ गरेको जनाइएको छ । एसएसबी प्रवक्ता विनित कुमार सिंहका अनुसार बरामद चरेश र पक्राउ परेका मुन्नालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जितना थानामा बुझाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा बरामद चरेश बारा जिल्लाको सीमावर्ती नाका हुँदै नेपालबाट भारत भित्रर्याइएको आरोपितले स्वीकार गरेको एसएसबी ७१ औं बटालियन पिपराकोठीले जनाए ।
नेपाल–भारत बीचको खुला सीमाका दुरुपयोग गर्दै लागूऔषध तस्करी बढ्दै गएको अवस्थामा पछिल्लो कारबाहीलाई सुरक्षा निकायले ठूलो सफलता मानेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन