सप्तरी, २९ वैशाख । सप्तरी प्रहरीले अपहरण तथा शरीर बन्धकको आरोपमा २७ वर्षीय मुस्ककिम मियालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मिया श्रममन्त्री रामजी यादवका सवारी चालक रहेको खुलेपछि घटनाले थप चर्चा पाएको हो ।
सप्तरीको महादेव गाउँपालिका–३ निवासी मियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी टोलीले सोमबार राजविराजबाट पक्राउ गरे । प्रहरीले उनीमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाए ।
प्रहरी अनुसन्धानका क्रममा मियाले पीडितलाई अपहरण गरी नग्न बनाएर कुटपिट गरेको खुलासा भएको छ । पीडितलाई अमानवीय र अपमानजनक व्यवहार गर्दै कुटपिट गरिएको भिडियो समेत प्रहरीले फेला पारेपछि घटनाको वास्तविकता बाहिर आएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मियाँलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद लिइएको बताए । उनी माथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।
अनुसन्धानका क्रममा मिया श्रममन्त्रीका सवारी चालकका रूपमा नियुक्त भए पनि आफूलाई ‘प्रमुख राजनीतिक सल्लाहाकार’ भन्दै परिचय दिने गरेको तथ्य समेत बाहिरिदा राजनीतिवृतमा खैलाबैला मचेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन