रौतहट, २९ वैशाख । रौतहटको गरुडा नगरपालिका–४ स्थित रिडर्स इङ्लिस बोर्डिङ स्कुल अगाडिबाट १० वर्षीया एक बालिका गत आइतबारदेखि बेपत्ता भएकी छन् ।
बालिका हराएपछि परिवार चिन्तित बनेको छ भने आफन्त तथा स्थानीयले खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण सँग गुहार लगाएका हुन् ।
वुवा किशुनदेव दासका अनुसार बालिका यही वैशाख २७ गते आइतबार दिउँसो करिब १ः४० बजेदेखि सम्पर्क विहीन छ । तीन दिन बितिसक्दा पनि उनको कुनै अत्तोपत्तो छैनन् । १० बर्षीया बालिका सानीकुमारी दासको जानकारी नआएपछि परिवार पीडा र चिन्तामा डुबेको छ ।
बालिकाका बुवा दास र आमा प्रमिला देवी दासले छोरीको खोजीका लागि सबैसँग भावुक अपिल गरेका छन् । यदि कसैले ती बालिकालाई कतै देख्नुभएको छ वा कुनै जानकारी प्राप्त भएको छ भने तत्काल परिवार वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरे ।
विशेष अनुरोध
हराएको स्थानः गरुडा नगरपालिका–४, रिडर्स इङ्लिस बोर्डिङ स्कुल अगाडि
समयः २०८३ वैशाख २७ गते, आइतबार (दिउँसो १ः४० बजे)
सम्पर्क नम्बरः किशुनदेव दास ९८२७६१७०२० वा नजिकैको प्रहरी कार्यालय ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन