रौतहट, ३० वैशाख । रौतहटमा यस्तो पनि पालिका छन् जहाको मेयर आफनै जग्गा दानमा दिएर प्रशासनीक भवन निर्माण गराई संचालनमा ल्याउदा चौतर्फी प्रशंसा भईरहेका छन् ।
माधवनारायण नगरपालिकाको मेयर वैजनाथ प्रसाद यादवले प्रशासनिक भवनको पूर्वाधार निर्माणका लागि माधोपुरमा रहेको १० कत्ठा जग्गा नगरपालिकाको नाममा रजिष्ट्रशन पास गराएर सुविधा सम्पन्न प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न गराएर संचालनमा ल्याउदा अहिले उक्त अनुकर्णीय कामको चौतर्फी प्रशंसा भईरहेका हुन् ।
नगर प्रमुख यादवले आफनो तथा भाइको नाममा रहेको १० कठ्ठा जग्गा नगरपालिकाको नाममा दर्ता गराएर प्रशासनिक भवन निर्माण गराएर सोही भवनबाट नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह हुँदै आइरहेको छ ।
नगरपालिकाका सबै विषयगत शाखा, प्राविधिक सेवा, कार्यसमिति तथा प्रशासनिक काम एउटै भवनबाट सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ । आफ्नै व्यक्तिगत जग्गा दान गरेर नगरपालिका भवन निर्माण गरिनु नेपालमै दुर्लभ र प्रेरणादायी कार्यका रूपमा हेरिएको छ ।
मेयर यादवले नगरको दीर्घकालीन विकास, सुशासन र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जग्गा दान गरेको बताउँदै विकास निर्माणका कामलाई अझ तीव्रता दिने प्रतिबद्धता जनाए ।
भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्कृष्ट सहकार्य रहेको बताए । उनका अनुसार मेयर तथा उपमेयर विकासप्रेमी सोचका रहेका छन् भने कर्मचारीहरू पनि नगर विकासमा सक्रिय रूपमा जुटिरहेका छन् ।
स्थानीयवासीले मेयर यादवको यो कदमलाई “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको सार्वजनिक योगदान” भन्दै प्रशंसा गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन