रौतहट, ३० वैशाख । गौर नगरपालिकाले सार्वजनिक सम्पत्ति अतिक्रमण विरुद्ध कडा कदम चाल्दै नाला, सार्वजनिक जग्गा तथा मठ–मन्दिरको नाममा रहेका जग्गामा बनाइएका अवैध संरचनामाथि डोजर चलाउने अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाले स्काभेटर प्रयोग गरी विभिन्न स्थानमा बनाइएका अवैध संरचना हटाउन थालेपछि बजार क्षेत्रमा व्यापक चर्चा सुरु भएको हो । यसै क्रममा गौर नगरपालिका–५ स्थित रामजानकी मठको जग्गामा बिना कुनै सम्झौता निर्माण गरिएको अबैध घर सहितका संरचनालाई भत्काइएको छ ।
नगिना कुशवाहाले मठको जग्गामा निर्माण गरेको घर हटाइएको छ । स्थानीय स्रोतका अनुसार उक्त स्थानमा धर्मशाला तथा सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेकाले संरचना हटाइएको छ ।
तर मठकै जग्गामा निर्माण गरिएका अन्य केही घर भने यथावत् राखिएको भन्दै पीडित पक्षले आफूहरूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप लगाए । “हाम्रो मात्र घर तोडियो, अन्य संरचना किन जोगाइयो ?” भन्दै उनीहरूले नगरपालिकाको कारबाहीमाथि प्रश्न उठाए ।
नगरपालिकाले भने सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण र व्यवस्थित शहरी विकासका लागि अभियान सञ्चालन गरिएको जनाए । नगर क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना माथि आगामी दिनमा पनि निरन्तर कारबाही गरिने स्पष्ट पारे ।
अदालतको पश्चिम तथा नगरपालिकाको कार्यालय देखि उत्तर तर्फ नाला माथि बनाइएका अबैध संरचनाहरु भत्काएर बाटोलाई फराकिलो बनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन