दलित युवकले उपल्लो समुदायको किशोरीलाई भगाएको विषयलाई लिएर हजुर वुवालाई कुटपिट

0 Shares

रौतहट, ३० वैशाख । राजपुर नगरपालिका–१ बौहर्बा गाउँमा उपल्लो समुदायको किशोरीलाई दलित समुदायको युवकले भगाएर लगेको विषयलाई लिएर युवकको हजुर वुवा माथि हातपात गरिएका छन् ।
यादव समुदायकी किशोरीलाई दलित समुदायका युवकले भगाएको आरोप लगाउँदै केही व्यक्तिहरूले दलित परिवारमाथि कुटपिट, धम्की तथा मानसिक यातना दिएको युवक पक्षले गम्भीर आरोप लगाएका हुन् ।
गत शनिवार माधव नारायण नगरपालिका घर भई बौहर्बा स्थित मामाघर रहेका २२ वर्षीय गुड्डु कमार रामले एक किशोरीलाई भगाएर आरोपमा यादव समूह आक्रोशित बनेका थिए ।
सोही आरोपमा आईतवार राति युवकको मावली पक्षका ७० वर्षीय हजुरबा हिरा राम र ६५ वर्षीया हजुरआमा फुलियादेवी रामलाई लछारपछार गर्दै कुटपिट गर्दा दुवै जना गौर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
घाइते हिरालाल भन्छन् यादव पक्षका व्यक्तिले काठमाडौमा रहेका बुहारी पुनमकुमारी रामलाई धम्की दिँदै मोबाइल समेत खोसिएको छ ।
पीडकहरू दुर्गा राय यादव, अनिल राय यादव, विजय यादव, कैलाश राय यादव, अभय यादव र विरेन्द्र राय यादवलगायत व्यक्तिहरू माथि कुटपिट तथा धम्की दिएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी समेत गरेको उनले बताए ।
पिडित हिरालाल भन्छन्, मेरो नातीले यदी किशोरीलाई भगायो त्यसको दोषि आफू कसरी भए, म माथि किन आक्रमण गरियो, ति युवकको परिवार माथि किन गरिएन, सबैको तारो आफूलाई किन बनाइयो भने उनले प्रश्न गरे ।
यसैबीच भाईका १६ वर्षीय नाति रोशन पासवान र १७ वर्षीय अमित कुमार रामलाई आज बिहान अनिल राय यादवको गाडीमा जबर्जस्ती राखेर लगिएको भन्दै अपहरणको आशंका उनले गरे ।
युवक–किशोरी वास्तवमै कहाँ छन्, विवाह भएको हो वा होइन भन्ने बारे समेत आफूहरूलाई कुनै जानकारी छैन । तर त्यसअघि नै केटी पक्षबाट एक्कासी धम्की, दुव्र्यवहार र कुटपिट सुरु गरिएकोमा आफू निकै त्रसित बनेको उनले दुखेसो पोखे ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले युवकले युवतीलाई भगाएको निहुँमा सामान्य घटना भएपनि पिडित भनाउने हिरालाल चमारलाई देखिने गरी कुनै चोटपटक नलागेपनि भित्री चोट हुन सक्ने भन्दै घाउजाँच गराउने आदेश दिएको बताए ।
दुई जना युवकलाई अपहरण गरेको कुरा सरासर गलत रहेको बताउदै डिएसपी वस्यालले इलाका प्रहरी कार्यालय राजपुरमा आज विहान केही सोधपुछका लागि लगिएको र पछि परिवारजनलाई जिम्मा लगाएको दाबी गरे । भागेका युवक र युवतीको खाजी कार्य जारी जारी रहेको तथा यस विषयमा आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।