बंकुल (रौतहट), ३० वैशाख । नेपाल नेत्रज्योति संघ द्वारा सञ्चालित गौर आँखा अस्पताल अन्तर्गतको आँखा उपचार केन्द्र बंकुलको नव–निर्मित पक्कि भवनलाई औपचारिक कार्यक्रमका बीच उदघाटन गरिएका छन् ।
बौधीमाई नगरपालिका–७ बंकुलमा निर्माण सम्पन्न भएको पक्कि भवनको उदघाटन समारोहमा बुधवार आयोजित बृहत् निःशुल्क आँखा शिविर विशेष सेवा–सुविधा सहित सम्पन्न भएका हुन् ।
शिविरमा कुल ३५५ जनाले निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्राप्त गरे । शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार १५२ जनालाई चस्मा, ८८ जनालाई औषधि उपलब्ध गराइयो । ८५ जना बिरामीको आँखामा मोतिबिन्दु रहदा उनीहरुलाई शल्यक्रियाका लागि छनोट गरिएको बताए । छनोट भएका बिरामीलाई गौर आँखा अस्पताल सम्म ल्याउने–पुर्याउने सम्पूर्ण व्यवस्था अस्पतालले नै मिलाएको उनले भने ।
अस्पतालबाट खटिएको प्राविधिक टोलीको नेतृत्व नेत्ररोग विशेषज्ञ डा. मनोज कुमार साहले गरेका थिए । टोलीमा आँखा उपचार केन्द्र बैंकुलका इन्चार्ज अबताब आलम दर्जी, अर्चना सिंह, निलम पटेल, मनोज पासवान, शिवशंकर महतो, राजेश कुमार यादव, प्रद्युपन यादव लगायत १० जना स्वास्थ्यकर्मी सहभागी रहेको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।
बंकुलमा निर्माण सम्पन्न भएका नवनिर्मित भवन उदघाटन समारोह

बंकुलमा नवनिर्मित एक तल्ले पक्कि भवन उदघाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले ग्रामिण भेगका जनताहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्न गराउनमा नेपाल नेत्रज्योति संघ कटिबद्ध रहेको हुँदा सोही उद्देश्यका साथ बंकुलमा पहिला देखि संचालन हुँदै आएको उपचार केन्द्रलाई व्यवस्थित बनाउन आफनै भवन पाएकोमा खुशी व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अस्पतालको उन्नति र विस्तारका लागि जहाँ रहे पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गौर आँखा अस्पतालका अध्यक्ष सिंहले सबैको सहकार्य र साझेदारी भए बैंकुललाई नेपालकै नमूना आँखा उपचार केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त
कार्यक्रममा प्रदेश प्रमुख रविन्द्र लाल चौधरी, केन्द्रीय प्रतिनिधि ऋषिकेश पौडेल, बौधीमाईको नगरप्रमुख प्रदीपकुमार यादव, वडाध्यक्षहरु, समाजसेवी रेबन्त झा, रौतहट शाखाका सचिव बच्चा प्रसाद यादव,मेडिकल डायरेक्टर डा. प्रज्जवल बस्नेत, अस्पताल प्रशासक नागेश्वर प्रसाद चौधरी, लेखा अधिकृत पवनकुमार न्यौपाने, नेत्र रोग विशेषज्ञ डा. सुरेन्द्र मिश्र, संचारकर्मी तथा गौर आँखा अस्पतालको कर्मचारी परिवार सहित स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थिति रहेको थियो ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन