माओवादीको अधिवेशन जारी रहदै नेता बर्षमान पुन चिनियाँ अधिकारी संग भेटमा व्यस्त

रौतहट, १९ पुुस । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी महाधिवेशनको समयमा माओवादी नेता उपचारको क्रममा चीनमा रहेका बर्षमान पुन भेटघाटलाई बढाएको छ ।
सोमवार मात्रै चीनका उपमन्त्री चेन झाओ संग भेटवार्ता गरेका नेता पुन गत विहिवार ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसंग भेट गरिरहदा महाधिवेशनको समयमा यस्ता भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।
भेटमा महावाणिज्यदूत रामशरण पुडासैनी संगै एनआरएनका अध्यक्ष यादव अर्याल लगायतका व्यक्तिहरुको सहभागिता रहेका थिए । यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ ।
बिहीबारको भेटका क्रममा नेपाली टोलीले चीन सँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए ।
नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेन स्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा नेपाल आएर सरकार सँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागि पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिएको पुनको सचिवालयले जनाएको छ ।
महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापार लगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताए । नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामना सहित दुई देश बीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए । बंषाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन बैंककमा निको नभएपछि चीन गएका हुन् ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा पुन चीनमा उपचारारत छन् । चिकित्सकको सल्लाह पछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन् । जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए । उनको मंसिर १० गते यता चीनको सेनजेन स्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज मा उपचार भइरहेको छ ।