सर्लाही, ३१ वैशाख । सर्लाहीको हरिवन नगरपालिकाको कडरिया चौकमा यात्रुबाहक बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा बुधवार राति ११.१५ बजेको समयमा गाईघाटबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले बाटोमा हिडिरहेका ३५ बर्षिय पैदल यात्रीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
पैदल यात्री मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी सरोज राईले दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा टोलीले मृतकलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको बताए ।
दुर्घटनामा संलग्न बस र चालक उदयपुर त्रियुगा नगरपालिका–१० बसबारीका ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन