रौतहट, ३१ वैशाख । गौर–चन्द्रपुर निर्माणाधीन ४ लेन सडकलाई थप विस्तार गर्दै गौर नगरपालिका–५ स्थित नेपाल रेडक्रस सोसाइटीको उत्तर क्षेत्र सम्म विस्तार गर्ने निर्णय भएको छ ।
गौर नगरपालिकाद्वारा आह्वान गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा व्यापक छलफल पश्चात उक्त निर्णय भएको हो ।
हाल गौर घण्टाघर सम्म सीमित रहेको ४ लेन सडकलाई विस्तार गरी सिँचाइ कार्यालयको पूर्वी क्षेत्र हुँदै रेडक्रसको उत्तर सम्म पुर्याउने सहमति जुटेको नगरपालिकाले जनाएको छ । यो निर्णयसँगै गौर बजार क्षेत्रको यातायात व्यवस्थापन, सौन्दर्यीकरण तथा दीर्घकालीन शहरी विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
उक्त छलफलमा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, राजदेवी नगरपालिकाको पूर्व नगरप्रमुख एवं नेपाली काँग्रेसका धिरेन्द्र सिंह, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, राजनीतिकर्मी एवं समाजसेवीहरु रेबन्त झा, अनिल सिंह, विकास विक्रान्त नेपाल (पालु), उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रनाथ गोपाली, सन्तोष केसरी, ज्येष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मीहरु, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बैठकमा सहभागीहरूले गौरको विकास र व्यवस्थित शहरीकरणका लागि ४ लेन सडक विस्तार अत्यन्त आवश्यक रहेको धारणा राख्दै सहकार्यका साथ योजनालाई सफल बनाउन प्रतिबद्धता जनाए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन