अघोषित रुपमा चनीले विगत २१ महिना देखि नाकाबन्दी गर्दा आयात निर्यात शुन्य

   १९ पुष २०७८, सोमबार १३:२७  

काठमाडौं, १९ पुस । विगत २१ महिना देखि चिनियाँ नाँका बन्द हुँदा करिव ४१ अर्वको आयात निर्यात शुन्य भएको छ ।
चीनले कारोना महामारीको बहाना देखाएर नेपालबाट निर्यातमा प्रतिबन्ध लगाएको तर नेपालमा रहेको बामपंथी नेताहरुलाई चीनले लगाएको अघोषित नाकाबन्दीलाई हेर्न वा भन्ने आँट देखिएको छैनन् ।
नेपालमा अहिले कोरोना महामारीको बहाना बनाई आयात हुने ट्रकहरु सिमामा रोकेको र विस्तारै विस्तारै चेक गर्ने बहानामा ट्रकलाई सिमानाकामा रोकेको गुनासो व्यापारीहरुले गरेको छ । अर्को तर्फ नेपालबाट निर्यात गरिने सामग्री माथि कारोनाको बहाना बनाइ ठप्प पारेको तर हाम्रा नेपाली नेताहरु मौन बस्नु दुर्भाग्यपूर्ण रहेको ति व्यापारीहरु बताउँछन् ।
नेपालमा अमेरिकन एमसीसी परियोजना लागु गर्नु अघि ससदमा बहस गरी पास गर्ने कुरा चले देखि चीनले अघोषित रुपमा नाकाबन्दी गर्दै आएको आरोप व्यापारीहरुको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै