रौतहट प्रहरीद्वारा २११ फरार प्रतिवादी पक्राउ, ३८ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन

0 Shares

रौतहट, १ जेठ । विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका प्रतिबादीलाई रौतहट प्रहरीले पक्राउ गरेर सजाय कार्यान्वयन गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराइएको तथ्याँक अनुसार, प्रहरीले फरार प्रतिवादी विरुद्धको अभियानलाई तीव्र बनाउँदै चालु आर्थिक वर्षमा २११ जना दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो ।
रौतहट जिल्ला अदालतबाट सजाय तोकिएर लामो समय देखि फरार रहेका प्रतिवादी व्यक्तिहरूलाई विशेष खोजी अभियान मार्फत पक्राउ गरिएर सजाय कार्यान्वयन गराइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत पछिल्ला तीन दिनमै ३४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार बिहीबार मात्रै ५ जना तथा त्यसअघि वैशाख २८ र २९ गते २९ जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका धनराज पण्डित र नगिना साह सोनार, लागूऔषध मुद्दाका निरज यादव, ज्यान मार्ने उद्योग मुद्दाका राजेश महतो तथा चोरी कसुरमा विश्वेश्वर महतो रहेका छन् ।
चालु आर्थिक बर्षको साउन देखि वैशाख मसान्त सम्म सञ्चालन गरिएको विशेष अभियानबाट २७ लाख २० हजार ५४ रुपैयाँ जरिबाना असुल गरिनुका साथै ३८ वर्ष, १९७ महिना र १७० दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको एसपी रिजालले बताए ।
प्रहरीको तथ्यांक अनुसार वैशाख महिनामा सबैभन्दा बढी ५३ जना फरार प्रतिवादी पक्राउ परे । मंसिरमा ३४ जना, माघमा २१ जना तथा असोज र चैतमा १८÷१८ जना पक्राउ परेका थिए ।
त्यसैगरी चालु आर्थिक वर्षमा ९१० वटा मुद्दा दर्ता भएकोमा ५८६ जना प्रतिवादी पक्राउ परिसकेका छन् भने अझै ७४० जना फरार रहेको प्रहरीको तथ्यांकले देखाएको छ । फरार प्रतिवादी खोजी अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र सशक्त बनाइने एसपी रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।