रौतहट, १ जेठ । रौतहट जिल्लामा विद्युत झ्याप झ्याप जाने र आउने गर्दा यहाँ व्यापार व्यवसायमा गम्भीर असर पर्नुका साथै सर्वसाधारणहरु निकै सास्ती खेप्नु परेका छन् ।
रौतहटको गौर, चन्द्रपुर सहितका ग्रामिण भेगमा पछिल्लो समयमा बढ्दो विद्युत् अवरोधले सर्वसाधारणदेखि उद्योगी–व्यवसायीलाई सम्म आक्रोशित बनेका हुन् ।
दिनहुँ झ्याप झ्याप लाइन जाने समस्याले जनजीवन अस्तव्यस्त बनेपछि स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाप्रति तीव्र असन्तुष्टि जनाउँदै शाखा प्रमुखमाथि कारबाहीको माग गरेका छन् ।
बारम्बार विद्युत् अवरुद्ध हुँदा होटल, रेस्टुरेन्ट, फोटो स्टुडियो, मोबाइल मर्मत पसल, डेरी उद्योग, फर्निचर उद्योग, वेल्डिङ पसल, प्रेस उद्योग, कुखुरा फार्म, पानी उद्योग, आइसक्रिम तथा कोल्ड स्टोर व्यवसाय प्रत्यक्ष प्रभावित बन्दै आएको छ । चर्को गर्मीका बेला घण्टौंसम्म लाइन काटिँदा व्यवसाय सञ्चालन गर्नै कठिन भएको व्यवसायीहरूको गुनासो छ ।
प्राधिकरणले प्रत्येक साता बुस कटिंग एवं मर्मतको नाममा बर्षेणी लाखौं रुपैया कुम्ल्याउने तर अवस्था जसकी तस नै रहदा वितरण केन्द्रहरुमा हुने यस्ता संस्थागत भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्बध निकायको ध्यानाकर्षण हुनु नितान्त अवश्यक रहेको बताए ।
विद्युत् जस्तो अत्यावश्यक सेवामा भइरहेको लापरबाहीका कारण जनजीवन, उद्योग–व्यवसाय र विद्यार्थीहरूको पढाइसमेत प्रभावित भईरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन