सर्लाहीको हरिपुर नगरपालिका–५ मा इट्टाभट्टाको पर्खाल भत्किदा चेपिएर ३ मजदुरको मृत्यु, २ घाइते

0 Shares

फाइल तस्वीर
सर्लाही, २ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वा स्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ भएको दर्दनाक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
हिजो साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको पर्खाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए । स्थानीयद्वारा प्रहरीलाई तत्कालै घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेलको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेर उद्धार कार्यमा खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उपलब्ध गराएको जानकारी अनुसार, घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मन्सुर, वडा नम्वर ९ का ३५ वर्षीय शम्भु राउत तथा भारत लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतोको गम्भीर आवस्थामा उपचार भईरहेको बताए । तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवा सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको डिएसपी राइले भने ।
घटनापछि थप मजदुर पुरिएको आशंकामा जेसीबी प्रयोग गरी खोज तथा उद्धार कार्य राति नै गरिएको समेत प्रहरीले जनाए । कौडेना बजार बस्ने विरेन्द्र चौधरीले संचालन गरेका इट्टा उद्योगमा भएको दर्दनाक घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।