इन्स्पेक्टर भरत केसी ‘पुलिस अफ द मन्थ’ घोषित

0 Shares

संजयकुमार मिश्रा
रौतहट, ३ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीलाई बैशाख महिनाको उत्कृष्ट “पुलिस अफ द मन्थ” घोषित भएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित विशेष कार्यक्रमका बीच प्रहरी उपरीक्षक सीताराम रिजालले इन्स्पेक्टर भरत केसीलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
प्रहरी निरीक्षक केसीले ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा शान्ति सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई जिल्लाकै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको रिजालले बताए ।
केसीको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त ट्राफिक चेकजाँच अभियान मार्फत हेल्मेट बिना सवारी चलाउने, चालक अनुमति पत्र तथा आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने र भारतीय नम्बर प्लेटका कागजपत्र विहीन सवारी गरी करिब १२० वटा सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
त्यसैगरी गत बैशाख २२ गते मौलापुर आईटी चौकमा भएको सवारी दुर्घटनापछि फरार भएका मोटरसाइकल चालकलाई पक्राउ गर्न इन्स्पेक्टर केसीले विशेष सक्रियता देखाएका थिए । वीरगञ्जबाट चोरी गरी ल्याइएको मधेश प्रदेश ०३–०२७ प ५७५५ नम्बरको मोटरसाइकलले एक स्थानीय महिलालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि चालक फरार भएको थियो ।
दुर्घटनापछि सिसिटिभी फुटेज र विशेष अनुसन्धानका आधारमा फरार चालक बारा सिम्रौनगढ नगरपालिका–३ निवासी २३ वर्षीय जाविर अन्सारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल भए ।
एसपी रिजालद्वारा प्रदान गरिएको प्रशंसा–पत्रमा इन्स्पेक्टर केसीले व्यवसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ शान्ति सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।