‘घरमै सीमित रहेकी रसिदा’ बनिन् सफल व्यवसायीः सीप र सहयोगले फेरियो चार सन्तानकी आमाको जीवन

0 Shares

रौतहट, ६ जेठ । चरम आर्थिक अभावबाट जुधिरहेकी एक दम्पत्ती सामु आरडीसी नेपाल नामक गैर सरकारी संस्था देवदुत बनेर आएपछि ति परिवारको अहिले मुहार नै फेरिएका छन् ।
रौतहटको राजपुर नगरपालिका–२ बलुवा गाउँका ३० बर्षीया रसिदा खातुनले यतिखेर घर भित्रै किराना एवं पारचुनको पसल संचालन गरेपछि श्रीमान सहित ६ जनाको परिवारको गुजारा मज्जाले धानिरहेकी हुन् ।
चार जना छोराछोरी सहित ६ जनाको परिवार धान्न निकै गाह्रो भईरहेका खातुनको जीवन केही वर्ष अघि सम्म आर्थिक अभाव, चिन्ता र संघर्षमै जीवन सीमित थियो । केही गरौं भन्ने तीव्र चाहना हुँदाहुँदै पनि आर्थिक कमजोरी र सीपको अभावका कारण उनी घरगृहस्थीमै सीमित हुन बाध्य थिइन् ।
तर अहिले परिस्थिति पूर्ण रूपमा फेरिएको छ । ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालद्वारा इस्लामिक रिलिफ नेपालको सहयोगमा सञ्चालित ‘गर्भ कार्यक्रम’ अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाले उनलाई आत्मनिर्भर बन्ने बाटो देखाएपछि यहाँ सम्म पुग्न सफल भइन ।
परियोजनाको सहयोगमा दुई वर्षअघि खातुनले आफ्नै घरमा सानो किराना तथा कस्मेटिक पसल सुरु गरिन । सुरुमा सामान्य लगानीबाट सुरु गरिएको व्यवसाय अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । व्यवसायबाट आम्दानी बढ्न थालेपछि उनले बाख्रा तथा कुखुरा पालन व्यवसायको विस्तार समेत गरेकी छन् ।
खातुनको श्रीमान मोहम्मद जावेद खानले पनि किस्ताबन्दीमा अटो खरिद गरी सञ्चालन गर्दै उनलाई परिवार पाल्नमा सघाईरहेक छन् । श्रीमान–श्रीमती दुवै जनाले व्यवसाय सञ्चालन गर्न थालेपछि परिवारको आर्थिक अवस्था उल्लेखनीय रूपमा सुधार हुँदै गएको खातुन भन्छिन ।
परियोजनाले आर्थिक सशक्तीकरण मात्र होइन, समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पारेको स्थानीय महिलाहरूको भनाइ छ ।
परियोजना अन्तर्गत गठन गरिएको २५ सदस्यीय सुल्तान स्वयं सहायता समूहमा आबद्ध महिलाहरूले दैनिक १०० रुपैयाँका दरले बचत गर्दै आएकी हुन् । समूहमा संकलित रकम आवश्यक परेका सदस्यलाई तीन महिनाभित्र फिर्ता गर्ने सर्तमा ऋणसमेत उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिला खातुनको अनुसार उक्त बचत तथा ऋण प्रणालीले साना व्यवसाय विस्तार गर्न ठूलो टेवा पुगेको उनले भनिन ।
त्यती मात्रै नभई किराना र पारचुन पसलबाट हुने आम्दानीबाट परिवारको जीवीकोपार्जन बाहेक दुई छोरा र दुई छोरालाई मदर्शा एवं बोडिंगमा समेत पढाईरहेको स्मरण गर्दै खातुनले पहिलाको अवस्था स्मरण गर्दा यतिचाँडै आफनो परिवारको मुहार यसरी फेर्छन भन्ने कल्पना समेत गरेकी थिएनन तर सबै मेहनेतको प्रभावबाट मज्जाको जीवन व्यतित गरिरहेको उनले बताइन् ।
गर्भ परियोजनाका कोर्डिनेटर धर्मेन्द्र साहका अनुसार आर्थिक रूपमा कमजोर महिलालाई आत्मनिर्भर बनाउँदै सामूहिक बचतको संस्कार विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस परियोजनाको माध्यमबाट सयौं महिलालाई आत्मनिर्भर बनाउनमा मद्दत पुर्याउने अभियान निरन्तर रुपमा संचालनमा रहेको बताए ।
आउदो केही समय सम्म कार्यक्रम निरन्तर रुपमा जारी रहने प्रतिबद्धता जनाउदै यस परियोजनाको उद्देश्य नै गरिव असहाय महिलालाई सीप दिएर आत्मनिर्भर बनाउने रहेको प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।