रौतहट, ६ जेठ । रौतहटको परोहा नगरपालिका–५ भेडियाही स्थित स्वास्थ्य चौकीमा आँखा स्वास्थ्य सम्बन्धी एकदिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरियो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत गौर आँखा अस्पताल द्वारा सञ्चालित आँखा उपचार केन्द्र बंकुलको आयोजनामा “अन्धोपन तथा बाल अन्धोपन न्यून गर्ने उद्देश्यबाट हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आँखा स्वास्थ्यसम्बन्धी व्यवहारिक प्रशिक्षण, आँखाको हेरचाह, पोषणयुक्त खानपिन तथा आँखा रोगबाट बच्ने उपायबारे विस्तृत जानकारी प्रदान गरियो ।
नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाईले विद्यालय स्तरमा विद्यार्थीहरूको आँखा परीक्षण, निःशुल्क आँखा शिविर तथा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।
नेपाल सरकारको सहयोगमा विगत लामो समयदेखि अन्धोपन न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको जानकारी समेत कार्यक्रममा दिइयो । अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयका अनुसार कार्यक्रममा नेत्र अधिकृत शिवकुमार यादव, पाण्डेय तथा बंकुल आँखा उपचार केन्द्रका इन्चार्ज अताब आलम दर्जीले प्रशिक्षण दिए ।
उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ३९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक पाण्डेले भने । कार्यक्रम सफल बनाउन परोहा नगरपालिकाका स्वास्थ्य सेवा प्रमुख जालन्धर यादवको विशेष पहल तथा सहयोग उल्लेखनीय रहेको सहभागीहरु उपस्थित रहेको उनले बताए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन