रौतहट, ६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन एक समारोहका बीच उदघाटन गरिएको छ ।

वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना तथा सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरीले संयुक्त रूपमा भवन उदघाटन गरेको हो ।
विद्यालय भवन तथा सम्बन्धित पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडिपी) अन्तर्गत निर्माण गरिएको छ । उक्त परियोजना सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिएको जनाइयो ।

सन् १९५१ मा स्थापना भएको उक्त विद्यालयले हाल प्रारम्भिक बाल विकास (इसिडी) देखि स्नातक तहसम्म शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा करिब ६२७ विद्यार्थी अध्ययनरत रहेका छन्, जसमध्ये ३५८ जना छात्रा रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उदघाटन कार्यक्रममा नगरप्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिएको विकासात्मक सहयोगप्रति आभार व्यक्त गरेका थिए । सहभागीहरूले नयाँ भवन तथा पूर्वाधारले शिक्षण सिकाइको वातावरण सुधार गर्दै शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महावाणिज्यदूत मिनाले नेपाल–भारत बीचको बहुआयामिक सहकार्यले शिक्षा, पूर्वाधार तथा सामुदायिक विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे । यस प्रकारको सहयोगबाट यहाँको शिक्षालाई गुणस्तरिय बनाउनमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) मार्फत नेपाल सरकारको विकास प्रयासलाई निरन्तर सहयोग गर्दै आएको भन्दै यस प्रकारका परियोजनाले स्थानीय तहमा पूर्वाधार विकास तथा सामुदायिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उनले आफनो धारणा व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन