श्रम, पसिना र लगानीको उचित मूल्याँकन नहुँदा उखु खेतीबाट पलायन हुँदै किसानहरु

1842 Shares

तराई टप
रौतहट, १९ पुस । नेपाल सरकारबाट उखुको मूल्य निर्धारण हुन नसकेको र मिल्स संग उधारोमा उखु विक्री गरेर रकम भुक्तानी पाउन नसकेका पिडित किसानहरु उखु खेती नै नगर्ने अवस्थामा पुगेका छन् ।
उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनी मैनालीले किसानले बगाएको श्रम, पसिनाको करद गर्न नसकेका चिनी मिल्स र सरकार संग सधैभरी झै झगदा गर्नु भन्दा राम्रो उखु खेती नगर्ने अवस्थामा रौतहट र सर्लाहीको किसान पुगको गुनासो गरे । नगदे बालीको रुपमा भनिपनि उधारोबाली उखुको खेती गर्न किसानहरु मलखाद्य, विउ, श्रम पसिना बगाएपनि उखुको उचित मूल्य पाउन गाह्रो अर्को तिर उधारोमा उखु बेचेर महिनौ दिन सम्म भुक्तानीको लागि मिल्सको ढोकामा दगुर्दा दगुर्दै किसानहरु आजिज भईसकेको अवस्थामा अव उखुको खेत नै नगर्ने अवस्थामा किसानहरु पुगिसकेको उनले भने ।
विगत ४ बर्ष देखि चिनीको मूल्य ६२ रुपैया प्रति किलो हुँदा किसानहरुलाई भ्याट सहित ५४४ रुपैया प्रति क्यून्टल उखुको मूल्य गत बर्ष सम्म तोकिए तर त्यस अनुरुप पनि किसानहरु समयमा भुक्तानी पाउनु नसकिनु यो कस्तो विडम्बना हो उनले सम्बन्धित निकाय संग प्रश्न गरे ? उखु किसानहरुलाई विस्थापित गराउनमा चिनी मिल्सका संचालक जति जिम्मेवार छन् त्यो भन्दा बढि राज्य जिम्मेवार रहेको उनले गम्भीर आरोप लगाउदै किसानहरु उखु खेती गर्नबाट विस्तारै विस्तारै कम हुँदै गएको स्पष्ट पारे ।
गत मंसिर महिनाको पहिलो सातामा कृषि तथा पशुपंक्षि मन्त्री महेन्द्र राय यदावको कार्यकक्षमै भेटेर समयमा उखुकोे मूल्य निर्धारण गरिनुपर्ने सुझाव दिदा पनि अहिले सम्म कुनै वास्ता नगर्दा उखु खेती गरेका किसानहरु शून्य मूल्यमा उखु विक्री गर्न बाध्य रहेको दुखेसो उखु उत्पादक महासंघको अध्यक्ष मैनालीले पोखे ।
“नेपाल सरकार, चिनी उत्पादक महासंघ र किसानको प्रतिनिधिलाई राखेर हामीहरु उखुको न्यूनतम मूल्य ६८० प्रति क्यून्टल हुनुपर्ने माग गरेका छौं” । किसानलाई विउ, रासायनिक मल, किटनाशक औषधी सहित उखु उत्पादन गर्नमा लागेको खर्चहरु सहित मूल्य निर्धारण गरेमा मात्रै उखु खेती गर्नमा प्रोत्साहित हुने नत्र भने किसानको श्रम, मेहनत पसिनाको कुनै मूल्य नहुने उनको कथन छ ।
मल्य निर्धारण नहँुदै चिनी मिल्सहरु शुन्य मूल्यमा उखु लिइरहेको तथा कम मूल्यमा भारतीय चोर नाका भएर उखु आईरहदा त्यस विषयलाई लिएर उखु उत्पादक महासंघ आन्दोलन गर्ने त हैन भने प्रश्नको जवाफमा महासंघको अध्यक्ष मैनालीले सधैभरी सडकमा उत्रिएर आन्दोलन गर्न किसानहरु बाटोमा नजाने दाबी गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर उखु खेती नै बन्द गर्ने अवस्थामा पुगेको बताए । बर्ष भरी खेतमा मेहनत गरी श्रम पसिना बगाउने किसानहरु सडकमा नउत्रिने बताउदै नगदे बाली उत्पादन कार्यलाई पूर्ण विराम दिने मनस्थितिमा पुगको उनले स्पष्ट पारे ।
यसैगरी उखु उत्पादक संघ रौतहटको सचिव सफिन्दर यादवले रौतहट जिल्लाको उखु किसानहरु धेरै पिडित बनेका छन् चिनी मिल्सबाट । उधारोमा उखु विक्री गर्ने तर तौल अनुसारको भुक्तानी समयमा पाउनु नसकदा धेरै किसानहरु ऋणबाट थला पर्दै गएको छ । उनीहरु पहिला श्रीराम सुगर मिल्सबाट पिडित थिए अहिले बैजु बाबरा सुगर एण्ड केमिकल्स, इन्दुशंकर हरिवन, एभरेष्ट गौशाला, बगदह चिनी मिल्स, धन्कौलमा रहेका चिनी मिल्सबाट पिडित बनेका छन् । यस्तो अवस्थामा किसानहरु किन उखु खेती गर्ने, उनीहरुको उचित मूल्य पाउन नसक्ने, उधारोमा विक्री गरेर महिनौ सम्म भुक्तानीको लागि दगुर्नुपर्ने, श्रम पसिनाको कुनै मोल नहुँदा उखु खेती गर्नबाट विस्तारै विस्तारै विस्थापित हुँदै गएको जानकारी उनले दिए ।
श्रीराम सुगर मिल्स बन्द भएको २ बर्ष भइसक्यो, कतिपय किसानहरुको अझै भुक्तानी लिन बाँकी रहेको छ, मिल्सको जग्गा धमाधम माफियाहरु संग साँठगाँठ गरेर विक्री वितरण गर्दैछ, उक्त धरोहरलाई रक्षा गरेर पुन ः मिल्सलाई संचालनमा ल्याउन गरुडाका समाजसेवी एवं उखु विशेषज्ञ वृजकिशोर यादवले सम्बन्धित निकाय संग माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार