रौतहट, ७ जेठ । रौतहटको परोहा नगरपालिका–४ स्थित श्री ब्रह्मज्योति माध्यमिक विद्यालय, लौकाहामा एकदिने आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आँखा स्वास्थ्य, सरसफाइ, पोषण तथा दृष्टि संरक्षणबारे व्यवहारिक जानकारी प्रदान गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत गौर आँखा अस्पतालद्वारा सञ्चालित आँखा उपचार केन्द्र बंकुलको आयोजनामा “अन्धोपन तथा बाल अन्धोपन न्यून गर्ने उद्देश्य सहित हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न भयो ।
आज सर्लाहीको बरहथवा, रौतहटको गौर तथा बौधीमाई नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूको आँखा परीक्षण, चस्मा वितरण, आवश्यक उपचार तथा व्यापक जनचेतनामूलक गतिविधिलाई विशेष प्राथमिकतामा राखिएको आयोजकले जनाए ।
नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आँखा स्वास्थ्य शिक्षा इकाईले विगत लामो समय देखि विद्यालय स्तरमा निःशुल्क आँखा शिविर, विद्यार्थीहरूको आँखा जाँच तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल सरकारको सहयोगमा अन्धोपन न्यूनीकरणका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयका अनुसार कार्यक्रममा नेत्र अधिकृत विनिता केशरी, पाण्डे तथा बंकुल आँखा उपचार केन्द्रका इन्चार्ज अताब आलम दर्जीलगायतले व्यवहारिक प्रशिक्षण दिए । डिजिटल पावर प्वाइन्ट मार्फत आँखाको हेरचाह, उचित खानपिन, सरसफाइ, औषधि तथा मलम प्रयोग गर्ने तरिका, दृष्टि परीक्षण लगायत विषयमा सहभागीहरूलाई जानकारी गराइयो ।
कार्यक्रममा परोहा नगरपालिकाभरिका स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो । परोहाका स्वास्थ्य सेवा प्रमुख जालन्धर यादवको विशेष पहल र सहयोग कार्यक्रम सफल बनाउन महत्वपूर्ण रहेको संयोजक पाण्डेयले बताए ।
उनले डिजिटल युगमा सिकेका ज्ञान र सीपलाई समाज तथा देश–दुनियाँ सम्म फैलाउन सहभागीहरूलाई आग्रह गर्दै आँखा स्वास्थ्य सेवामा सबैको साझेदारी आवश्यक रहेको बताए । साथै विगतदेखि यस क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्तिहरूको सेवामूलक भूमिकाको प्रशंसा गर्दै निरन्तर समर्पित भएर काम गर्न अनुरोध गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन